logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • राम समुदायहरुका धर्मगरू सम्झनामा नेपालमै पहिलो पटक खडक नगरपालिकाद्धारा सार्वजनिक विदा

    राम समुदायहरुका धर्मगरू सम्झनामा नेपालमै पहिलो पटक खडक नगरपालिकाद्धारा सार्वजनिक विदा

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। नेपाली राम समुदायहरुको धर्मगुरु सन्त शिरोमणी गुरु रविदासको जन्मज्यन्तिको अवसरमा नेपालमै पहिलो पटक सप्तरी जिल्लाका खडक नगरपालिकाले बुधबारका दिन सर्बाजनिक विदा घोषणा गरेको छ ।

    नगरपालिकामा राम समुदायहरुको बाहुल्यता रहेको र आफुहरु सबै जात जातिहरुको धर्म गुरुहरुको उच्च सम्मान गर्ने भएकोले सर्बाजनिक विदा घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।यता नेपालमै पहिलो पटक स्थानिय सरकारको रुपमा खडक नगरपालिकाले सर्बाजनिक विदा घोषणा गरेकोमा चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटि लगाएत विभिन्न चमार संगठनहरुले स्वागत गरेका छन । चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले खडक न.पा.ले चमार समुदायहरुको उच्च सम्मान गरेको र यस्तो कार्य देशभरकै सबै स्थानिय सरकारले गर्नुपर्ने माग गर्नुभयो ।

    राम समुदायहरुको धर्म गुरु सन्त शिरोमणी रविदासको जन्मज्यन्तिको अवसरमा सर्बजनिक विदा दिई उहाँहरूको धर्म अस्थाको जगेर्ना गर्ने प्रयास अन्तर्गत पहिलो पाइला हो, खडक नगरपालिका नगरप्रमुख जयप्रकाश चाैधरीको भनाइ रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २९, मंगलवार २२:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP