logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • ११ औं विशेष गाउँसभामा किसानमुखि योजना अघि सारे गाउँपालिका अध्यक्ष : खेमचन्द्र

    ११ औं विशेष गाउँसभामा किसानमुखि योजना अघि सारे गाउँपालिका अध्यक्ष : खेमचन्द्र

    शुक्रबार भएको ११ औं गाउँसभा कार्यक्रममा गाउँपालिकाले जय जय बलान विहुल याै भईया मैथिली भाषाको ३ मिनेट १९ सेकेन्डकाे स्थानीय गान स्थानीय सरकारकाे अबधारणमा रही आफ्नै गान प्रस्तुत गरेका थिए।

    रामशंकर भण्डारी

    बलान बिहुल। सप्तरीको बलान विहुल गाउँपालिकाकाे ११ औं विशेष गाउँसभामाबाट किसानमुखि अघि सारेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए।उनलेे भने कृषि विद्युत्तीकरण देखि लिएर कृषि मिटरको विधुत्त महशुल नि:शुल्क गर्ने निर्णय गरेको बताउदैँ भने गाउँपालिकाले समय अनुसार विभिन्न बीउ बिजन निशुल्क वितरण गर्ने र यसले किसानहरुलाई कृषि क्षेत्रमा उत्प्रेरित गर्ने पालिकाले विश्वास लिएको छ ।

    बलान बिहुल गाउँपालिकाको आ.व.२०८१/८२ को ११ औं गाउँसभा अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा  वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य राजनीति पार्टीका प्रतिनिधि,संघ-संस्था प्रतिनिधि, नेपाल प्रहरी, नेपाल शस्त्र प्रहरी लगायत संचारकर्मिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर-३ का वडा अध्यक्ष राजकिशोर यादवले गर्नु भएको थियो।

    ११ औं गाउँसभा कार्यक्रममा गाउँपालिकाले जय जय बलान विहुल याै भईया मैथिली भाषाको ३ मिनेट १९ सेकेन्डकाे स्थानीय गान स्थानीय सरकारकाे अबधारणमा रही आफ्नै गान प्रस्तुत गरेका थिए।

    रू.५२ करोडको बजेट १ करोड ९८ लाख
    बजेट मात्र संसोधित भएको जुन कुल बजेटको ४ % हुन आउँछ गाउँपालिकाले जनाएको छ।

    ११ औं विशेष गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेणु यादव, वडा नम्बर-१ का वडा अध्यक्ष रामकुमार यादव, २ अध्यक्ष का ईन्द्रदेव यादव, ४ अध्यक्ष का लक्ष्मी नारायण झा,५ का बिन्देश्वर यादव, वडा नम्बर-६ का वडा अध्यक्ष सूर्य कुमार दास लगायतका केही जनप्रतिनिधि उपस्थित थिएन।

    गाउँ सभाका एक तिहाई भन्दा वढि सदस्यहरूले गाउँ सभा गर्न निवेदन पेश गरेकोले पछि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को ४ बमोजिम ११ औं विशेष गाउँसभा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलले बताए ।
    बलान बिहुल गाउँपालिकाको ११ औं विशेष गाउँसभाका निति तथा कार्यक्रम बजेट बहुमतले गाउँ सभा सदस्यहरूले पारित गरेको गाउँपालिकाले जनाएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ३, शनिबार ११:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP