logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • धनगढीमाई नगरपालिकालाई माओवादी केन्द्रले बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

    धनगढीमाई नगरपालिकालाई माओवादी केन्द्रले बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

    लहान। नेकपा (माओवादी केन्द्र) धनगढीमाई नगरकमिटीले नगरपालिकामा बढ्दो वेथिति, विसंगति, भ्रष्टाचार र अकर्मन्यताको अन्त्यको लागि नगर प्रमुख शिवशंकर महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ। कमिटीले पालिकामै पुगेर कार्यपालिकाले निर्णय गरेका किसानहरुको कृषि विद्युत महसुल तिरिदिनुपर्ने, अवैध रुपमा उत्खनन् गरिरहेको ग्राभेललाई राजश्वको दायरामा ल्याउनुपर्ने, नयनपुर अस्पताल र प्राकृतिक अस्पताललाई गुणस्तर वृद्धि र सेवा प्रवाह दिन, सार्वजनिक शिक्षामा सुधार ल्याउनुपर्ने, विकास निर्माण कार्यालाई पारदर्शि गर्नुपर्ने लगायत पाँच बुँदे माँग सहित ज्ञापनपत्र मार्फत् ध्यानाकर्षण गराएका हुन्।

    धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले पालिका आफैले गरेका निर्णयहरु समेत पालना गर्न आलटाल गर्दा स्थानीय जनताहरु समस्यामा पर्दै गइरहेकाले ध्यानाकर्षण पत्र बुझाउनुपर्ने वाध्यता भएको वताए। उनले ध्यानाकर्षण पत्रमा उल्लेख भएका माँगहरुलाई सम्बोधन हुने गरी काम अगाडि नबढे जनताको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए।

    धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले समितिको ध्यानाकर्षण बुझ्दै ती विषयहरुमा नगरपालिकाले निर्णय गरेको भए पनि आन्तरिक विविध प्राविधिक कठिनाईका कारण कामहरु अगाडि नबढेको स्वीकार्दै भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    नगरपालिकाको आर्थिक मितव्ययितामा उदासिनताको कारण आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनको नतिजा ६१.५० थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा घटेर ४३.४ अंकमा खुम्चिएको छ। चालु आर्थिक वर्षको सात महिनाको प्रगति शुन्य प्रायः देखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ५, सोमबार १४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP