लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरीको बोदे बरसाईन नगरपालिकाले अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम मनाएका हुन्। आज २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बिहान प्रभातफेरी र नगरपालिकको सभा हलमा “शिक्षामे मातृभाषाः नीति आ यथार्थ विषयक वक्तृत्वकला तथा बिचार गोष्ठी सम्पन्न भएको हो।

बोदे बरसाईन नगरपालिका नगरप्रमुख आतेश कुमार सिंह यादवले कार्यक्रम बैनर पढेर उद्घाटन गर्नुभयो। सो कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले भने संविधानले दिएको अधिकार प्रयोग गर्दै मातृ भाषा मैथलीमा नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेको भन्दै मैथली भाषाको बंगाली भाषा जस्तै आफनै तिरहुत र कैथी लिपि रहेको बताए।‘‘विश्वको सुन्दर मिठासले भरिएको भाषा मैथली हो।” बताउँदै भने दक्षिण अमेरिकाको उत्तर—पूर्वी आन्ध्र महासागर तटमा अवस्थित सुरिनाम देशमा अप्रवासीको रुपमा प्रवेश गरेकाहरु पनि मैथली भाषालाई राष्ट्रिय भाषामा समेलित गरेर संरक्षण राखेको बताउनु भयो।
नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य डा.सूर्य प्रसाद यादवले ‘‘मधेशका शिक्ष तिव्र गतिमा धारासाय भई रहेको बताउँदै सोलाई उठान गर्न जनचेतना अभियानको जरुरी रहेको बताए। ” उहाँले मातृ भाषामा शिक्षा जरुरी रहेको बताउँदै भने सानो बालबालिका बिचमै पढाई छाडनुको मूलकारण घरमा मातृ भाषा बोलेका विद्यार्थी एक्कासी विद्यालयजदाँ नेपाली, अंग्रेजी भाषको भार थेग्न नसकेर बिचमै पढाई छाडने गरेको जिकिर गरे।

मधेश प्रज्ञा प्रतिष्ठान जनकपुर धामका सदस्य दिनेश यादवले मधेश पहिचानको आन्दोलनको नेतृत्व गरेकोले सबै भाषा भाषिक समूदायको कला संस्कृति संरक्षण गर्न प्रतिष्ठान प्रतिवद्ध रहेको बताए।
कार्यक्रममा अतिथि तथा सहभागीरूलाई नृत्यले श्री ईश्वरी हिया जलेवी माध्यमिक विद्यालयक सारस्वर छात्राहरूले स्वागत राखेका थिए। भने कार्यक्रम संचालन पत्रकार उमेश कुमार साहले गरेको थियो।

शैक्षिक जागरण अभियानमा लागेका अगुवा डा.जय नारायण यादवले भने नेपालको संविधानले मौलिक हकको रुपमा मातृ भाषाहरुलाई समेको भएपनि मातृ भाषामा अहिले पनि अभाभूत तहमा पढन सानो बालबालिका पाई रहेको छैन।‘‘मधेश प्रदेशका अधिकांश स्थानीयतहरु मातृ भाषामा स्थानीय पाठ्यक्रम लागु गर्न नसकेको प्रति तिन्ता व्यक्त गरे।”
मातृ भाषा दिवसको अवसरमा “शिक्षामे मातृभाषाः नीति आ यथार्थ विषयक मैथली भाषामा भएको वक्तृत्वकला प्रतियोगितामा बोदे बरसाईन नगरपालिका का ५ वटा माध्यमिक विद्यालयबाट छात्र/छात्रा गरी १० वटा विद्ययार्थी सहभागी भएको थियो। जसमा श्री ईश्वरी हिया सुरैत जनता माध्यमिक विद्यालयका छात्रा पुजा साह प्रथम, श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालयका छात्र सतेन्द्र यादव द्धितीय र श्री चन्द्रा नमुना माध्यमिक विद्यालयका छात्र पवन कुमार मण्डल तृतीय स्थान प्राप्त गरेको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई आयोजकले शैक्षिक सामग्रीहरु प्रदान गरि पुरस्कृत गर्नुभयो।

सो कार्यक्रमा नगर उपप्रमुख रेणु साह, वडा नम्बर—८ का वडा अध्यक्ष बैजनाथ चौधरी, शिक्षा शाखा प्रमुख राम सागर यादव, मैथिली साहित्य परिषद सप्तरीका जिल्ला अध्यक्ष रमिला साह, धर्मी हल्फा युवा कल्वका अध्यक्ष तथा समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव, नगरपालिकाको सूचना प्रविधि अधिकृत इमामुल हक, पत्रकार लोकेन्द्र प्रसाद यादव, नगरभित्रका विद्यालय व्यवस्थापन पदाधिकारी , प्रधानाध्यापक, क्षिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो।
सो कार्यक्रम इन्टेलेक्चुअल फाउन्डेशन नेपाल राजबिराजको आयोजना तथा बोदे बरसाईन नगरपालिकाको सहकार्यमा सम्पन भएको । इन्टेलेक्चुअल फाउन्डेशन नेपाले शैक्षिक रूपान्तरक लेल मातृभाषामे शिक्षा मूल नाराका साथ मधेश प्रदेश शैक्षिक जागरण अभियान संचालन गरि रहेको छ। भने सरोकारवालाहरूलाई राखेर शैक्षिक अन्तरक्रिया चलाउदैँ आएको छ।
हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालिन पुर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया