लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन।सप्तरीको रुपनी गाउँपालिकामा शनिवार कालोपत्रे बाटो निर्माणको शिलान्यास गरिएको छ।
गाउँपालिकाको वडा नम्बर -४ स्थित लक्ष्मीपुर टोलमा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवले बाटो निर्माणको शिलान्यास गरे ।
शिलान्यासपछि बोल्दै सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले यो सडक निर्माणबाट यस क्षेत्रका जनताले विगत देखि आवत जावत गर्नमा भोगिरहेको कठिनाईबाट मुक्ति पाउने बताए।
उनले सडक बनेपछि हुलाकी राजमार्ग र पुर्व पश्चिम राजमार्गमा पुग्न यस क्षेत्रका जनताका लागि सहज हुने विश्वास व्यक्त गरे ।
शहरी विकास मन्त्रालय स्थानिय पुर्वाधार विकास आयोजना कार्यालय मधेश प्रदेशको योजना अन्तर्गत लक्ष्मीपुर पम्मनहर देखि लवकाटोल, कटैया मावि हुँदै नरहैया कटैया, लोवापार पिपराही सडक स्तरनोन्तीको निर्माण गर्ने जिम्मा शाह कन्ट्रक्सन सिरहाले पाएको छ।
२०८२ जेठ १५ भित्र काम सम्पन्न हुने गरि भ्याट र पिएस बाहेक ४९ लाख ६७ हजार दुईसय १२ रुपैयाँको लागतमा बन्न लागेको हो ।
सडकको साढे ६ मिटर बेस निर्माण गरि साढे ५ मिटर कालोपत्रे हुने वडानम्वर-४ का वडाअध्यक्ष छेदी ईसरले जानकारी दिए।
यसवर्ष लक्ष्मीपुर टोलमा ७ सय मिटर कालोपत्रे हुने र अन्य ठाउँमा ग्राभेल सहितका बेस निर्माण काम गरिने उनले जानकारी दिए।
शिलान्यास कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहितको उपस्थिति रहेको थियो।
प्रतिक्रिया