logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

    सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

    लोकेन्द्र प्रसाद यादव
    बोदे बरसाईन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सप्तरीको डाक्नेश्वरी नगरपालिका—१०बनौलामा सहिद रमेश रामको शालिक अनावरण गर्नु भएको छ।
    झापाको कचनकबलबाट सुरु भएको माओवादीको ‘तराई मधेश जागरण अभियान हुलाकी सडक खण्ड केन्द्रित चलिरहेको अभियानको क्रममा बनौला आइपुगेका अध्यक्ष प्रचण्डले शालिक अनावरण गर्नुहुँदै नेपालमा भएका हरेक परिवर्तनहरु नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभएको हो ।
    अध्यक्ष प्रचण्डले जनताको धेरै ठुलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा समेत जनताको त्याग र बलिदान रहेको बताउनुभयो।
    पछिल्लो पटक मेरो नेतृत्वमा देशका सबै सहिदहरु राष्ट्रिय सहिदको रुपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्टयाउन नसक्ने बताए।‘‘सत्य निरुपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने,परिपूर्ण दिने पाटो खुल्ने बताए।”
    परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको उहाँको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठुलो परिवर्तन भएको उल्लेख गर्नुभयो ।जनताको बलिदानी कृतिमानको परिणाम देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको भन्दै नेपालको संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न जनताको रुपमा स्थापित गरेको हुँदा अहिले सार्वभौम सत्ताको स्रोत नेपाली जनता भएको उहाँको भनाइ छ ।
    डाक्नेश्वरी नगरािलिका वडा—१० बनौलमा मा जन्मनुभई देशको सामाजिक तथा राजनैतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाईन बजारमा वि.सं.२०६१असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो। सो अवसरमा अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यहरुलाई सम्मान समेत गर्नुभएको थियो।मधेश प्रदेश सभा सदस्य रुवी कर्णको संसदीय विकास कोष रकमबाट शालिक निर्माण भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन १६, शुक्रबार २१:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP