logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • सुरुङ्गामा सुरक्षा सतकर्ता अपनाउन बैठकः रात्रीकालिन गस्ती बढाउन प्रहरीसंग मांग

    सुरुङ्गामा सुरक्षा सतकर्ता अपनाउन बैठकः रात्रीकालिन गस्ती बढाउन प्रहरीसंग मांग

    दिपन्द्र पासमान
    कुसहा। सप्तरीको सुरुङ्गा नगरपालिकामा बढदै गरेको अपराधिक घटनाहरु न्युनिकरणको लागि आईतबार स्थानिय जनप्रतिनिधी, प्रहरी र नागरिकहरु बीच त्रिपक्षिय बैठक भएको छ ।सो बैठकले प्रहरीहरुसंग रात्रीकालिन गस्ती बढाउनु पर्ने मांग गरेका हुन्।
    केही दिन यता नगरपालिलकाको बिभिन्न ठाउँहरुमा भएको अपराधिक घटनाहरु न्युनीकरणका लागि यो त्रिपक्षिय बैठक बस्नुपरेको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरीले जानकारी दिनुभयो । उहाँले बैठकमा दिनानु दिन बढेदै गरेको अपराधिक घटनालाई न्यनिकरणका लागि अबलम्बन गर्ने उपाय, सम्बन्धीत निकाय तथा स्थानिय नागरिकहरुको भुमिकाहरुको सन्दर्भमा बैठकमा बृहत रुपमा छलफल भएको जनकारी दिनुभएको छ ।
    सहभागीहरुले पालिका भित्र अपराधिक घटना घट्नुको मुख्य कारणहरु मध्ये लागुऔषध तथा अबैध मदिराको खुल्ले आम बिक्रि बितरण रहेको ठहर गर्दै त्यसमा रोक लगाउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।
    त्यस्तै, प्रहरी र नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउन नागरिक र प्रहरी बीच चेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु गर्नु पर्ने, जनताको सुरक्षाको लागि सुरक्षा ब्यबस्था कडा बनाउनु पर्ने, ठाउँ ठाउँमा सिसि क्यामेरा जडान गर्नु पर्ने, प्रहरीको गस्ती बढाउनु पर्ने लगायतका बिषयहरुमा सो बैठकमा छलफल गरिएको हो ।
    सुरुङ्गा नगरपालिका—४ स्थित आधारभुत बिद्यालय कनकपुरको सभाहलमा भएको सो बैठकमा राती प्रत्येक टोलहरुमा प्रहरीसंगको सहकार्यमा स्थानिय युवाहरुको टोली परिचालन गर्ने, अपरिचित तथा शंकास्पद मान्छे देख्ने बितिकै प्रहरीलाई खबर गर्ने बिषयमा समेत सो बैठकमा छलफल गरिएको छ ।
    बैठकमा सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिबडाले गाउँ टोलमा हुने यस्ता अपराधिक घटनाहरुबारे समयमै प्रहरीलाई जानकारी गराउनको लागि प्रत्येक घर घरमा स्थानिय प्रहरी देखि जिल्ला प्रहरी,एम्बुलेन्स, बिद्युतप्रधिकरण लगायत नगरपालिकाको प्रमुख, उप प्रमुख सहितको स्थाई सम्पर्क नम्बर सहितको स्टीकर टाँस्नु पर्ने सुझाब दिनुभएको छ । बहाँले नगरपालिका भित्र भएको अपराधिक घटनाहरु प्रति दुख ब्यक्त गर्दै उक्त घटनाहरुमा संलग्न अपराधीहरुलाई यथाशिघ्र पक्राउ गरी कार्वाही आगाडी बढाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
    स्थानिय बुद्धिजिबी,समाजसेबी, संचारकर्मी तथा मानब अधिकारर्मीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रत्येक वडा तथा टोल बस्तीहरुमा यथाशिघ्र स्थानिय युवाहरुको नेतृत्वमा सुरक्षा समिती गठन गरी परिचालन समेत गर्ने ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गजेन्द्र रायले जानकारी दिनु भएको छ ।
    नगरपालिकाको अगुवाईमा बसेको उक्त बैठकमा नगर प्रमुख गिता चौधरी , उपप्रमुख रुद्रवहादुर कार्की, सप्तरीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिबडा, स्थानिय ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरिक्षक गजेन्द्र राय, ईलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरिक्षक रंजन गिरी, जिल्ला बार एसोसिएसन अन्तर्गत गठित मानबअधिकार तथा जनसरोकार समितीका संयोजक दिलिप चौधरी लगायतका बिशिष्ट पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २६, सोमबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP