उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ । त्यसबेला प्रहरीले सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिएको थियो ।




प्रतिक्रिया