logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • बलान बिहुलमा सिंचाइका लागि कृषि विद्युतिकरण हुदैँ

    बलान बिहुलमा सिंचाइका लागि कृषि विद्युतिकरण हुदैँ

    लोकेन्द्र प्राद यादव
    बोदे बरसाईन।सप्तरीको‌ बलान बिहुल गाउँपालिकामा‌ सिंचाइका लागि कृषि विद्युतिकरण कार्य सुरूभएको छ। आज एक कार्यक्रमको बिच जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले संयुक्तरूपमा शिलान्यास गरेको हो।

    सो शिलान्यास कार्यक्रम पश्चात् आयोजित कार्यक्रममा बोल्दै जनमत पार्टी अध्यक्ष डा. राउतले जनमत पार्टीले किसान आन्दोलन क्रममा उठाएको कृषकको मांग क्रमिक रूपमा पूरा हुँदै गएको बताउदैँ कृषि उमेर रहेसम्म अन्नदताको रूपमा खेतमा काम गर्छ, वृद्ध भएपछि आर्थिक रूपमा असुरक्षित हुने भएकोले कृषिलाई पेन्सन योजमा समेटनु पर्नेमा जोड दिनुभयो।

    कृषकलाई सहज कृषिको लागि निःशुल्क मिटर उपलब्ध गराउने उदेश्यले कृषि विद्युतिकरण थालिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए। आफ्नो कार्यकालमै कृषि विद्युतकरण पूरा गरि कृषकसम्म मिटर पुर्याउने लक्ष्य लिएको बताए। ‘कृषकलाई चर्को मुल्यमा सिँचाइ गर्नुु परिरहेको छ, यसलाई कम गर्न हामीले निःशुल्क विद्युत् जडान गर्न लागेका छौं, दुई वर्ष आफ्नो कार्यकाल छ, यसमै यो पूरा हुन्छ,’ अध्यक्ष यादवले भने।

    मधेश प्रदेश सरकारबाट कृषि विद्युत्तिकरणका लागि विनियोजित भएको रू. असी लाख रकम मध्ये ४०/४० गरि दुई वटा उपभोक्ता समिति गठनभई कार्य भईरहेको बलान बिहुल गाउँपालिकाका इन्जिनियर लक्ष्मी साहले बताए। उहाँले भने एउटा उपभोक्ता समितिले वडा नम्बर १,२,३ र अर्कोले ४,५,६ नम्बरमा कार्य गर्ने दुई सय पचास भन्दाबढी पोल जडान हुने जानकारी दिनुभयो ।

    सो शिलान्यास कार्यक्रममा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पूर्व मन्त्री महेश प्रसाद यादव, गाउँपालिका उपाध्यक्ष रेणु यादव, वडा नम्बर-१ का वडा अध्यक्ष रामकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १४, शनिबार २३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP