काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गरिरहहेको सरकारी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी छन् ।
उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् ।
भण्डारीलाई अहिले सरकारले दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।
भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमालेको सक्रिय राजनीतिमा फर्किन पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया