रासिन्द्र यादब।
कदमहा। सप्तरीको सुरुङ्गा नगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठक सम्पन्न भएको छ । असार ९ गते आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिकरण पश्चात आज बसेको १५ औं नगर सभाको दोस्रो बैठकले सर्बसम्मत रुपले पारित गरेको छ ।
कार्यक्रममा आगामी आ.व. ०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, बार्षिक बजेट, योजना तथा कार्यक्रम र न्यायिक समितिको आ.व.२०८१/०८२ को बार्षिक प्रतिवेदन ध्वनी मतले सर्वसम्मत रुपमा पारित गरेको हो । कार्यक्रम नगरपालिकाको नगर सभा संचालन कार्यविधि २०७४ को दफा १६ बमोजिम प्रस्तुत विषयलाई बृहत छलफल गरि सर्वसम्मतले पारित गरिएको नगरपालिकाका मेयर गिता चौधरीले बताए । नगरपालिकाले आगामी आ.व. २०८२/०८३ को लागि १ अर्ब ४४ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको उनले बताए ।
नगरपालिकाले यस आर्थिक वर्षमा विनियोजित बजेटको ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । चालु तर्फ ४७ करोड ७६ लाख चार हजार दुई सय ४६ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४० करोड ३३ लाख तीन सय ३८ रुपैयाँ गरी ८४ दश्मलव ४४ प्रतिशत बजेट खर्च भएको मेयर चौधरीले बताए । उनले पुँजीगत तर्फ २६ करोड २३ लाख ४७ हजार तीन सय ५५ रुपैयाँ बजेट विनियोजन गरिएकोमा १७ करोड ७३ लाख ८३ हजार पाँच सय ५९ रुपैयाँ गरी ६७ दश्मलव ६१ प्रतिशत बजेट खर्च भएको उनले बताइन ।

कार्यक्रममा नगरपालिकाका मेयर चौधरीले प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा उपमेयर रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रा, जिन्सी शाखा प्रमुख राज कुमार यादव, प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, इन्जिनियर इन्द्र प्रसाद चौधरी, नगर प्रवक्ता शिब दर्शन पासमान, वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया