राजबिराज। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर- २ कमलपुरमा गएराति प्रहरीले तस्करी नियन्त्रणको नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गोली हानेर हत्या गरेको आरोपमा आफन्त तथा जिल्लाका युवाहरूले प्रदर्शन गरेका छन्।
स्थानीय खुजस अधारभूत विद्यालय कमलपुरका अध्यक्ष ३७ वर्षीय लालु यादवलाई प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयबासिन्दाले सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन । सोही बिषयलाई लिएर राजविराज दिनभर तनावग्रस्त रहयो।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर- २ कमलपुरमा प्रहरी र स्थानीयबीच मध्यरातमा झड्प भएको थियाो । मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर स्थानीय ३७ वर्षीय यादवको मृत्यु भएको थियो।
प्रहरीले स्थानीयले एक्कासी ढुँगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाएको बताएको छ। भने परिवारजनले प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको बताएका छन् ।
घट्नाको बिरोधमा बुधबार बिहानैदेखि मृतकका आफन्त र गाउँले मिलेर प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडिसहित नगरको बिभिन्न भागमा उनीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले घट्नाको छानबिन गरी गोली चलाउने प्रहरीलाई कार्वाही, मृतकका परिवारलाई क्षतिपूर्तीको माग गरेका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीमाथि नै ढुँगा हान्न थालेपछि दुई राउण्ड अश्रु ग्यास प्रहार गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

जिल्लाका स्थानीयतहका जनप्रतिनिधिहरू हत्या प्रकरणमा प्रहरी आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिनको मांग गरेका छन्। जिल्लामा क्रियाशील राजनीति दलको सर्वदलीय बैठक चली रहेको छ।
प्रतिक्रिया