logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • बोदेबरसाईन रमाइलो मेला जिल्ला प्रशासन द्वारा बन्द

    बोदेबरसाईन रमाइलो मेला जिल्ला प्रशासन द्वारा बन्द

    राजबिराज। सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजना गरिएको रमाइलो मेला जिल्ला प्रशासन कार्यालय सप्तरीले बन्द गराएको छ ।

    नगरपालिकाको वडा नम्बर ५ मा रमाइलो मेला आयोजना गरिएको थियो । स्थानीय दुर्गा पूजा समितिले आयोजना गरेको मेलामा टिकट काटेर ठगी गर्ने, मेलाको नाममा विकृत्ति फैलाउने कार्य गरेकाेले मेला स्थगित गराउन माग गर्दै जेनजीका युवाहरुले शुक्रबार ज्ञापन बुझाएका थिए ।

     

    ज्ञापन बुझाएको केहि बेरमै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले मेला स्थगित गर्न निर्देशन दिएको थियोे। सोही अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतले आजैका मितिदेखि मेला स्थगित गर्न आयोजकलाई पत्र पठाएको छ ।

    ‘२०८१/०६/१२ देखि २७ गतेसम्म मेलाका लागि शान्ति सुरक्षा अनुमतिको सन्दर्भमा यस कार्यालयले दिएको शर्त विपरित कार्यक्रमहरु संचालन भइरहेको गुनासो बिभिन्न माध्यमबाट प्राप्त हुनुका साथै जेनजी बोदे बर्साइन नगरपालिका समेतबाट प्राप्त ज्ञापन पत्र अनुसार पूजा विसर्जन समेत भइसककेो हुँदा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधीलाई मध्यनजर गर्दै आजैको मिति देखि कार्यक्रम बन्द गरिदिन आदेशानुसार अनुरोध छ’ प्रशासन कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन २४, शुक्रबार २२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP