सिरहा, ७ मङ्सिर ः सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख गणपैत यादवका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट नौ हजार १३७ र राष्ट्रिय परिचयपत्रको माध्यमबाट दुई हजार २९० जनाले नाम दर्र्ता गराएका हुन् । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या चार लाख ४३ हजार ४० पुगेको छ ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने निमित्त प्रमुख याद
वले बताउनुभयो । ———
प्रतिक्रिया