बोदेबरसाईन। अगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर—४ बाट सुरेन्द्र प्रसाद साहलाई उम्मेदवार बनाउन युवाहरुले कसरत सुरु गरेको छन्। आज शुक्रबार सुरुङ्गा नगरपालिका—४ कदमहा बजारमा सुरुङ्गा युथको नेतृत्वमा बोदेबरसाईन नगरपालिका खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिकाका युवाहरुको भेलाले सुरेन्द्र प्रसाद साहलाई युवा नेतृत्वको रुपमा अगाडी बढाउने सहमती भएको सुरुङ्गा नगरपालिकाको जेनजी युवा संयोजक जितेन्द्र मण्डलले जानकारी दिनुभयो।
जेनजी युवाहरुको भेलाले युवा नेतृत्व ल्याउनुपर्छ, मांग अनुसार क्षेत्र नम्बर ४ को चार वटै स्थानीय तहको युवाहरुको सल्लाहमै हामी सुरेन्द्र प्रसाद साहलाई चुनावमा उम्मेदवार बनाउन लागेको सुरुङ्गा युथका संयोजका रामभरोस चौधरीले जानकारी दिनुभयो।
भ्रष्टचार बेतिथी विरुद्ध अवाज उडाउने जागरुक युवा अभियान नेपालका सल्लाहकार समेत रहेका बोदेबरसाईन नगरपालिका वडा नम्बर—५ निवासी सुरेन्दै प्रसाद साहलाई रास्वपा पार्टीबाट उम्मेदवार बनाउन युवाहरुले सक्रियता देखाएको छ।
जेनजी आन्दोलनमा सक्रिय रहेका साहलाई उम्मेदवार बनाउन युवाहरले रास्वपा पार्टीसंग मांग गरेका छन्।
प्रतिक्रिया