लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। जिल्लाको भगवानपुर गाउँपालिका वडा नम्बर–४ स्थित रहेका ठाडी भन्सारले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा बत्तीस लाख २ सय रुपैयाँ बढी राजस्व सङ्कलन गर्दै कुल ४ करोड ५५ लाख ४४ हजार रुपैयाँ सङ्कलन गरेको हो ।
भन्सार प्रमुख मुकेश पाठकका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । सबै महिनामा लक्ष्य पार भएको बताउँदै उनले समग्रमा १०८ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । सोमबार विश्व भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा कर्मचारी अभावका बिच लक्ष्य भन्दा बढी राजश्व सङ्कलन हुनु चुनौती पुर्ण भएपनि स्थानीयको साथ सहयोग सफलता मिलेको बताउनुभयो।

विश्व भन्सार दिवसको अवसरमा श्री अधाभूत विद्यालय विस्वासपट्टीका छात्रछात्राहरूलाई कपी,कलम तिरण गर्दै । तस्बिरः भ्वाइस खबर
गत आव मा सबभन्दा बढी मुद्दाबाट रू. एक करोड ९६ लाख ६० हजार राजस्व सङ्कलन भएको र चालु आव मा पुस मसान्तसम्ममा २ करोड ७७ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख पाठकले बताए ।
बिसं. २०७८ साल मंसिर महिना मैं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टाइन सेवा स्थापना भई कार्यान्वयन हुन सकेको छैन । उक्त कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पाठकल भने प्लान्ट क्वारेन्टाइन सेवा सुरु भएमा कृषिजन्य वस्तुको आयात निर्यात सजिलो हुने, ढुवानी खर्च घट्ने, उपभोक्ता मूल्यमा स्थिरता आउने र राजस्व असुलीमा दोब्बर वृद्धि हुने विश्वास व्यक्त गरे ।
हाल कृषिजन्य वस्तु आयात निर्यात गर्नेलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म जानुपर्ने बाध्यता छ ।
(सजगता र प्रतिबद्धताको माध्यमबाट समाजको सुरक्षा गर्ने भन्सार) भन्ने मुल नाराका साथ ठाडी भन्सार कार्यालयद्वारा आयोजित ७४ औ अन्तराष्ट्रिय भन्सार दिवशको आयोजित कार्यक्रम भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सशस्त्र प्रहरी प्रस्तावित गुल्म इनर्वा ठाडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, जिल्ला उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष श्याम गुप्ता लगायतको सहभागीता रहेको थियो ।
ठाडी भन्सारमा १९ जना कर्मचारीको दरबन्दी भएपनि कार्यालय प्रमुखसहित ६ जना मात्र कार्यरत रहेका छन्। जसमा शाखा अधिकृत एक, नायब सुब्बा दुई, एक कार्यालय सहयोगी र हलुका सवारी चालक कार्यरत रहेको छन्।
यस्तै भन्सार दिवसकै अवसर पारेर भगवानपुर गाउँपालिका वडा नम्बर–४ स्थित रहेका श्री अधाभूत विद्यालय विस्वासपट्टीका छात्रछात्राहरूलाई कपी,कलम समेत वितरण गरिएको छ। भने राजश्व संकलनमा सहयोग गर्ने, गस्ती परिचालन,सुराकी, संचारकर्मीलगायतहरूलाई कार्यक्रममा सम्मान गरिएको हो ।
प्रतिक्रिया