सिरहा। सिरहाकाे नवराजपुर गाउँपालिका वडा नं. ३ का जनमत पार्टीका युवानेता राम सुरेश यादवलाई सिरहा प्रहरीले पक्राउ गरेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवराजपुर गाउँपालिकामा भएको तोडफोड घटनामा संलग्न भएको भनी नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवको जाहेरीले जनमत पार्टीका युवानेता राम सुरेश यादवसहित ६ जना युवामाथि अपराधिक उपद्रव मुद्दा प्रहरीले दर्ता गरेका हुन् ।
जनमत पार्टीका सिरहा जिल्ला इन्चार्ज पंकज सिंहले राजनीतिक प्रतिशोध साध्न हाम्रो पार्टीको नेता राम सुरेशलाई फसाएका आरोप लगाएका छन् । उनलेे भ्रष्ट स्थानीय सरकारले आफ्नो कालो कर्तुत लुकाउन मुद्दा लगाउनु प्रहरीलाई प्रयोग गरेको बताए ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको थुनामा राखिएको छ । प्रहरीले युवानेता यादवलाई पक्राउ गरेपछि स्थानीय युवाहरूले हुलाकी सडक खण्ड अन्तर्गत फुलबारीस्थित सडकमा टायर बालेर प्रदर्शनमा गरेका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालले अपराधिक उपद्रव मुद्दामा यादवलाई नियन्त्रणमा लिएर अनुसंधान भई रहेको बताए ।
प्रतिक्रिया