गुरुगौरवको गाथा (किवता)
तोमनाथ उप्रेती
शब्दहरू स्वर्णिम,
श्रद्धाको शिखरमा शिर झुक्छ,
गुरुकुलको गगनमा गुन्जिन्छन्–
ज्ञानका गङ्गाहरू, गुरुगौरवका गाथाहरू।
चटुल चराहरूजस्तै चहकिरहेका छन् सपना,
तर पुस्तकका पाना पल्टाउँदै पवित्र प्रण गर्छ–
“म शब्दहरूको सन्दर्भ मात्र होइन,
चेतनाको चिराग बन्न जन्मेको छु।”
हिमालयको हरियालीमा हल्का हावा बग्छ,
त्यो हावा गुरुकुलको हलचल लिएर आउँछ,
हिउँका छाला च्यातेर पनि ज्ञानको ज्योति उघार्छ,
त्यो ज्ञान जलजला भएर बहन्छ, जीवनलाई जीवन दिन।
अक्षरका अर्घ्यहरू चढाउँछौं आत्माको आराधनामा,
कम्पित कलम, कम्पनयुक्त कण्ठ,
तर शब्दहरू स्थिर छन्,
जसरी शिवजीका शिरमा गङ्गा स्थिर छन्,
त्यसरी नै ज्ञानको गङ्गा हृदयमा ठहरिन्छ।
‘गुरु’ शब्दको गरिमा गहिरो छ,
शून्यताबाट सम्पूर्णतामा यात्रा गराउने सम्राट हुन् गुरु,
अनुभवका आँधीमा अडिग, आदर्शका अर्घ्य बोकेर,
मौनताका मधुर संगीतमा मन्त्र फुक्ने महर्षिहरू हुन् गुरु।
‘शिक्षक’ शब्द त साक्षरता सिकाउँछ,
तर ‘गुरु’ शब्द चेतनालाई चुम्छ, आत्मालाई उज्यालो दिन्छ,
अज्ञानको अन्धकारमा आशाका अञ्चल खोल्छ,
गुरु त शून्यमा शब्द, शब्दमा ब्रह्म, ब्रह्ममा ब्रह्माण्ड हुन्।
जब अन्धकारका आँधी आउँछन्,
गुरु आत्मामा उज्यालो बाल्छन्,
जब अविश्वासका आँसुहरू बग्छन्,
गुरु आत्मबलका अमृत अञ्जुली दिन्छन्।
तिनीहरू त स्वतः दीप हुन्,
जसले आफ्नै तेल बगाएर पनि
शिक्षा र चेतनाको दीप प्रज्वलित गर्छन्,
उज्यालोको उद्गम, आत्मबलको आधार हुन् गुरु।
गुरु न त पदका पत्र हुन्,
न त तलबका तराजुमा तौलिने वस्तु,
गुरु त समयका साक्षी हुन्,
सत्यका सैनिक हुन्,
समर्पणका सूर्य हुन्।
गुरुको गर्जन,
गर्जन होइन, मन्त्र हो,
गुरुको मौनता,
मौनता होइन, संगीत हो,
गुरुको नजर,
नजर होइन, मार्गदर्शन हो।
हे गुरु!
तपाईंको तपस्याको तापले
हाम्रो चेतनामा चिरकालीन उर्जा छर्छ,
तपाईंको समर्पणको सूर्यले
हाम्रो अज्ञानको कुहिरो पगालिदिन्छ।
हे गुरु!गुरुगौरवको गाथा

तपाईंको पथमा प्रकाश मात्र छैन,
त्यहाँ जीवन छ, ज्ञान छ, गान छ,
तपाईंको दृष्टिले देख्ने दृढता दिन्छ,
तपाईंको मौनताले बोल्ने आँट दिन्छ।
हामी शिक्षकलाई फेरि ‘गुरु’ बनाऔं,
‘टिचर’को ताप्लो ट्याग खोलेर
‘गुरु’को गौरव गहिरो बनाऔं,
ताकि शिक्षा शब्द मात्र नभएर
चेतनाको चिरकालीन चाँदनी बनोस्।
हामी शब्दहरूको श्रद्धा मात्र होइन,
चेतनाको चुलो बलाऔं,
हामी विद्यालयका पर्खाल मात्र होइन,
संसारका संवेदना खोल्ने साँचो बनौं।
हे गुरुहरू!
तपाईंको आत्मा आकाशजस्तै असीम होस्,
तपाईंको हृदय हिमालजस्तै अडिग होस्,
तपाईंको सपना सप्तर्षिजस्तै अनन्त होस्,
र तपाईंको शिक्षाले संसारमा उज्यालो छरिरहोस्।
गुरुगौरवको गाथा

प्रतिक्रिया