रातो बाकस(कथा)
तोमनाथ उप्रेती
कुआलालामपुरको चिप्लो भुइँमा बिहानको पहिलो घाम नउदाउँदासम्म दूधनाथ पहिल्यै उठिसकेका थिए। बंक–बेडबाट खस्न लागेको टर्चको हल्का उज्यालोले उनको अनुहार बनाउँछ—मानौँ १२ घन्टा लामो थकानले भाँचिएको पुरानो नक्सा। शरीरमा पसिनाको नमीले टी–सर्ट चिप्लिएको छ, तर मन अझै सचेत र तयार छ।
“दूधू! लेट भयो, बस छुट्छ!” रविको आवाज चिच्याउँछ। दूधनाथले आँखा चिमोट्छन्, शरीर र मस्तिष्कले कहिले बुझेको थकानलाई अवहेलना गर्दै, आजको लामो दिनको तयारीमा जुट्छ। उनी आफ्नो झोला छिटो समाउँछन्, बेल्ट कस्छन्, र टर्चको उज्यालोमा औँलाहरूलाई स्थिर बनाउँछन्—मेसिन, लाइन, ओभरटाइम, र आजको ठूलो अर्डर उनको दिमागमा फेरि फेरि घुम्छ।
घाम नउदाउँदा पनि पसिनाले भिजेको टी–सर्ट र शरीरको तानिन–सक्दो अवस्था देखाउँछ कि यहाँ काम केवल श्रम मात्र होइन, एक प्रकारको युद्ध हो। अनि रविको चिच्याहट बीचमा मिसिन्छ—तर दूधनाथको कदम अडिग छ। उनी बंक–बेडबाट खसेपछि तुरुन्त उठ्छन्, मुस्कुराहट हल्का, तर मनमा भारीपन छ।
आज पनि उनी १६ घन्टा लाइन–३ को मेसिनसँग जुध्नुपर्ने छ—घुमिरहेको बेल्ट, कर्कर गर्दै धड्किएको मोटर, तेल र धुलोको घुलिएको गन्धले भरिएको वातावरणमा। तर दूधनाथका आँखामा थकानको साथसाथै उद्देश्यको प्रकाश झल्कन्छ। घर, आमाको आशा, अधुरो सपना—यी सबै उनको शरीरलाई चलाउने इन्धन बनेका छन्। बिहानको चिसो र चिप्लो भुइँ, टर्चको हल्का उज्यालो, रविको घाइते चिच्याहट—सबै मिलेर एकैसाथ उनलाई सम्झाउँछ कि काम रोकिँदैन, जीवन रोकिँदैन।
उनी कदम–कदम अघि बढ्छन्, हात, खुट्टा, आँखाहरू सबै मेसिन र लाइनको तालमा समायोजन हुँदै। चिसो भुइँ, पसिनाले भिजेको टी–सर्ट, अझै अधुरो अँध्यारो—यी सबैको बीचमा दूधनाथको अनुहार, टर्चको उज्यालोमा बनेको पुरानो नक्सा जस्तै, आजको दिनको चुनौतीसँग सामना गर्न तयार छ।
कारखानासम्मको बाटो लामो जस्तो लाग्दैन, तर हिँड्दा काटा–खुट्टाले छिचोलिरहेको अनुभूति हुन्छ। हरेक पाइला केही बेरको लागि शरीरमा चोटको संकेत ल्याउँछ। धुलो, काँडा र अनियमित जमिनले यात्रा कठिन बनाएको छ। मनमा यात्रा छोटो भए पनि शरिरले पीडा अनुभव गर्छ।रातभर चलेका कारहरूको कालो–निलो धुवाँ फोक्सो चिलाउँछ—उही धुवाँ, उही घण्टा, उही सिटपिट उनले आफ्नो जीविकाको लागि भोग्नुपर्ने बाध्यता हो।
कारखानामा पुग्दा मेसिनहरूको आवाज—धडधड, खर्र–खर्र, झडाङ्—मानिसभन्दा ठूलो शक्तिको हुकुम झैं चलिरहेको थियो। बॉस, मिस्टर वियान, हातमा बोर्ड लिएर उभिन्छ—“फास्टर फास्टर, नट स्ल टुडे।” आज ठूलो अर्डर आयो। ओभरटाइम अनिवार्य। दूधनाथका हातहरू तेज थिए, तर मन? घर सम्झँदा मन सुक्छ—आमाको काँप्ने आवाज, छानो चुहिने हिउँद, पर्खाइले धड्किने रानी–१० को साँझ। तर आमालाई थकाइ सुनाउने उनको अधिकार छैन। आमालाई आशा सुनाउनु छ—थाकेको स्वरमा ढाडस बाँधिएको भोलि सुनाउनु छ।
मेसिन चलाउँदा छेउमा गणेशको हात फिस्लियो—“आँ”—भयङ्कर स्वर निस्कियो। मेसिन रोकिँदैन, जस्तो जीवन रोकिँदैन। घर्षणमा अड्किएको हात रगतमा समाहित हुँदैछ। बॉस चिच्याउँछ, “एम्बुलेन्स? आवश्यक छैन। केवल क्लिनिक।” दूधनाथले देख्छ—मानिस यहाँ मेसिनभन्दा कम मूल्यवान छ।
साँझ परेपछि १६ घन्टे शिफ्ट सकिन्छ। भोकले छाती डढेको हुन्छ तर क्यान्टिनको भात घिचिघिचि—न मिठो, न तातो। तर भोकले स्वाद खोज्दैन। क्वार्टर फर्कँदै गर्दा आरिफ भन्छ, “दूधू, तेरो आमाले फेरि म्यासेज पठाइछि।” दूधनाथ फोन निकाल्छ—सस्तो मोबाइल, झन झन चिल्लो पर्दा। “जवान, धेरै नथाक है… गर्व लाग्छ तिमीमाथि।” सबैभन्दा कडा स्वर—आमाको माया—फोनमा पनि थरथराउँछ। दूधनाथ मुस्कुराउँछन्—तर त्यो मुस्कान भित्र भाँचिएको पहाड छ।
रातमा उनीहरू खुला छतमा बस्छन्—जोनाल, रवि, आरिफ। सबैको कथा उस्तैः कसैको ऋणले कुटेको छ, कसैको परिवार—दक्षिणको हावाजस्तै आँधी, कसैको घरमा बिरामी, कसैको सपना अधुरो। तर त्यही छतमा उनीहरू दुःख हाँस्छन्। दुःख बाँडेर हल्का हुन्छ कि भनेर। हरेक हाँसोमा थकाइ, पीडा र निराशालाई केही समयका लागि विस्थापित गरिन्छ। अन्धकारमा पनि साथीहरूको साथले उनीहरूको मनमा उज्यालो छ। मेसिनको निरन्तर गडगडाहट, बॉसको कठोर आदेश, शरीरको थकान सबै अस्थायी; तर आपसी समझदारी र माया स्थायी। रातको शान्ति, खुला छत र आकाशको ताराहरूले उनीहरूको क्षणिक राहतको अनुभूति दिलाउँछ। उनीहरू थकित छन्, तर जिन्दगी अझै बाँचेको छ। संघर्ष, पीडा र भोकबीच पनि आत्माको सानो ज्योति बलिरहेको छ।
एकदिन कारखानाबाहिर कम्पनीको बस झट्किँदै रोकियो। भीडबीच एक कामदार अचानक बेहोस भयो—हिट–स्ट्रोकले उसको शरीर भान्छामा पोलेझैं पिघलिएको जस्तो थियो।पसिना–पानी, थकाइ र गर्मीले उसको अनुहार झलझली थियो। अरु सबैले उसको अवस्था हेरे—तर काम रोकिएन। मेसिनको गडगडाहट, धुलो र धुवाँको बीच बॉस फेरि चिच्याउँछ—“काम गर! लाइन पूरा गर!” आवाजमा कुनै मानवता थिएन। मानिसहरू थकित, दुखी, तर डरले काममै लागिरहे। हरेक पाइला, हरेक स्पर्शमा पीडा थियो, तर आदेश अपरिवर्तनीय। जीवन र स्वास्थ्यको मूल्य यहाँ केवल उत्पादनको संख्यामा मापन हुन्थ्यो। मानवता दबाइएर काम निरन्तर चलिरहे।
दूधनाथले त्यही क्षण बुझ्छन्—“एउटा मानिस मरे पनि मेसिन चलिरहन्छ।” उनी आफ्नो पसिना रोक्न सक्दैनन्—धेरै घन्टा, धेरै रात, धेरै शरीर–भाँच्ने परिश्रम। तर मुटुमा एउटा कुरा बल्छ—“आमाको हाँसो घर फर्काउनु छ।” त्यस विश्वासको भरमा उनी हरेक रात ओभरटाइम गर्छन्। थकानले आँखा बल्छ—तर भोलि देख्ने सपना अझ बल्छ। कहिलेकाहीँ सपना भन्दा मृत्यु तेज हिँड्छ।
र एकदिन—मेसिन चिच्यायो, फ्लोर चिप्लियो, शरीर ढल्यो—र जीवनको बाटो कुनै रातो बाकसमा पर्नेतिर मोडिन थाल्यो। कुआलालामपुरको त्यो दिन अस्वाभाविक रूपमा न्यानो थियो। बिहान १० बजे नै कारखानाको छतमा आगो बस्यो जस्तो घाम—भट्टीको ज्वालाजस्तै झरेको ताप। दूधनाथले हेल्मेट कस्दै भने—“आज भारी दिन हो भाइहरू, लाइन–३ को मशीन बिग्रेको छ।” रवि हाँस्यो—तर त्यो हाँसोभित्र निद्रा, थकान, र दुःखको छाया थियो—“दूधू, म पनि १६ घन्टा नै बस्नुपर्ने छ, पैसा जम्मा गर्नु छ। नत्र नेपाल फर्केपछि के देखाउने?” सबै कामदारको एकै उत्तर—“के देखाउने?” सपना र वास्तविकताबीचको फरक यहाँ खुल्दछ—सपनाले खोजेका जवाफ, तर जिन्दगीले दिएको प्रश्न। भोलिपल्ट पनि मेसिन चलिरहन्छ, पसिना बग्छ, शरीर थाक्छ, तर मुटुको एउटा हिस्सा घर फर्केर आमाको मुस्कान खोजिरहन्छ।
लाइन–३ को मर्मत सुरु भयो। मेसिनको बेल्ट खोलियो। तेलका थोपा भुइँमा टपकिए। भुइँ चिप्लियो। गर्मीले भिजेको टी–शर्ट च्यातिन झैं टाँसियो। दूधनाथले मोटरको बोल्ट कस्दै गर्दा तलबाट मिस्टर वियानको आवाज आयो—“छिटो! ठूलो ढुवानी! ढिलो छैन!” उनी उठे, धुलो उड्यो, मशीन कम्पन्ले करायो।
अचानक—कर्कररररर—कर्मचारी जोनालले चालु गरेको बटन भुइँमा फुत्त पर्यो। मेसिन अन भयो। बेल्ट घुम्न थाल्यो। र दूधनाथको हात—एउटा सेकेन्ड, केवल एक सेकेन्ड—त्यही बेल्टमा अड्कियो।
“दूधू––!!” रविको चिच्याहट। दूधनाथ घुमे, लड्न खोजे, तर मेसिन ठूलो थियो, बलियो थियो, निर्मम थियो। मानिसको मासु भन्दा शक्तिशाली, मानिसको जीवनभन्दा अन्धो। मेसिनले उनको छाती समायो—धड… धड… धड… हड्डी च्यापिए। सास रोकियो। आँखा तिरमिराए। धातुको आवाज, मानिसको कर, पसिनाको गन्ध, र मृत्युको औंठा—सबै एकैचोटि टकराए।
एम्बुलेन्स बोलाउने कि नबोलाउने भन्ने निर्णयमै १० मिनेट बित्यो। मिस्टर वियानको पहिलो वाक्य—“कुनै पुलिस रिपोर्ट छैन, कुनै समस्या छैन। उसलाई क्लिनिकमा लैजानुहोस्।” क्लिनिकमा डाक्टरले सीधै भने—“आन्तरिक रक्तस्राव … धेरै ढिलो।”
मेसिनले मात्र दूधनाथलाई मारेको थिएन। नियमनहीनता, कामदारको मूल्यहीनता, ओभरटाइमको लोभ, र कम्पनीको कठोरता—सबै मिलेर मारिदिए। उनको मृत्युको समय लेखियो—१३:४२ पिएम। एउटा साधारण लुगामा छोपिएको शरीर—अब केवल “केस फाइल” बन्यो। कम्पनी दुर्घटना फाइल नम्बर ७७एम् एल–३०९।
विदेशमा मर्ने नेपालीको मृत्यु—सबैभन्दा चुपचाप मृत्यु। खबर पत्ता लाग्दैन, चित्त बुझ्दैन, तर जीवन निरन्तर चलिरहन्छ। साथीहरू चुपचाप काममा फर्किन्छन्, पसिना फेरि बग्छ, मेसिन फेरि धडधडाउँछ। दूधनाथको अनुहार सम्झनाले भरिएको छ—घरको याद, आमाको माया, सपना अधुरो।
त्यो मृत्यु केवल मेसिनको क्रूरता मात्र होइन। यो असमानता, बेवास्ता, ओभरटाइमको अनियंत्रित माग, र मानव मूल्यको अवहेलना पनि हो। परिवारले गुमाएको छ, कम्पनीले क्षतिपूर्ति मिनिमममा मात्र। पत्रकार लेख्दैनन्, सरकार चुप हुन्छ, अनि विदेशमा काम गर्ने नेपालीहरूको पीडा फेरि कसैले नसुन्छ।
दूधनाथ अब तन्नेरी साङ्ला, तर अब केवल संख्या, “केस फाइल,” र औपचारिक विवरणको भाग बने। उनको सास, पसिना, सपना, सबै मात्र एक याद बन्यो—अदृश्य, असम्मानित, र अघोषित। जीवनको निरन्तरताले, मेसिनको धडधड र कम्पनीको लोभले उनको अस्तित्वलाई केवल रिपोर्टको लाइनमा सीमित गर्यो।
र त्यसैगरी, रातको समयमा साथीहरू छतमा बस्छन्, आफ्नै दुःख साट्छन्, तर दूधनाथको हाँसो, पसिना, र पीडा, केवल कम्पनीको फाइल नम्बर ७७एम् एल–३०९ मा अमर रह्यो। विदेशमा काम गर्ने हजारौंको जीवनमा यस्तै कथा—दृश्य छैन, सुनिने छैन, केवल चुपचाप मृत्युलाई सामेल हुने। जीवन र मृत्यु बीचको यो दूरी, मेसिनको आवाज जस्तै कठोर र निर्मम छ।
राति ९ बजे क्वार्टरमा बस्दा रविको हात काँपिरहेको थियो। “दूधू… हिजो सम्हालेर राखेको बोरा पनि छोडेर गयो।” गणेश ओछ्यानमा टाँसिएको चुरोटको धुवाँ उडाउँदै भन्छ—“अहिलेसम्म ३ जना मरे, कम्पनीले कहिल्यै केही दिएन… यस्तो जीवन किन?” छतमा आरिफले सुनायो—“उसको आमालाई कसले भन्यो होला…?” त्यो वाक्यले सबैको तालु पोल्यो। नेपालमा फोन उठाउने वृद्ध हात। भुइँमा चुँडिएको मन। र “तिम्रो छोरो अब छैन” भन्ने कठोर सत्य—कसले सुनाउने?
मृत शरीर दूतावास पुग्नुअघि २ फर्म, ३ प्रतिलिपि, ५ स्टाम्प, ४ सहमति, २ रिपोर्ट पार गर्नुपर्थ्यो। रवि र आरिफ दूतावास गए। गेटमा सुरक्षा रकसले सोध्यो—“राहदानीको फोटोकपी?” “रोजगारदाताको पत्र?” “नातेदारको फारम?” मृत्यु पनि कागजले नै सारिन्छ। भावनालाई कागजले मापन गर्छ।
दूतावासको ती निलो कुर्सीमा बस्दा रविको आँसु चुपचाप खस्यो। “सर… उनका आमा एक्लै छिन्।” अधिकृतले केही बेर फाइल हेरे—“प्रमाणीकरण पछि शव फिर्ता पठाइनेछ।” प्रमाणीकरण। सत्य पनि कागजले प्रमाणित हुनुपर्ने ठाउँ—त्यही हो विदेश। चार दिनपछि शरीर मिल्यो। एयरपोर्ट भित्र बाकसबारे सूचना आयो—“मानव अवशेष – सावधानीपूर्वक सम्हाल्नुहोस्।”
यो वाक्य, काम गर्दा कसैले बोल्दैन—मरेपछि मात्रै बक्समा लेखिन्छ। दूधनाथलाई राखिएको बाकस रातो थियो—घाउ, श्रम, पसिना, बलिदानका आँसु—सबैको रंग रातो। ती बाकसमा जीवनको सबै इतिहास, सपनाको सबै अधूरोपना बन्द थियो। साथीहरूले बाकस छुँदै भने—“हामीलाई माफी दे यार…” रानी–१० को भाँचिएको साँझ। नेपाल—बिराटनगर—रानी–१०। त्यो साँझ छायाँजस्तै थस्याइएको थियो। हावा पनि “किन यस्तो भयो?” भनेर रोइरहेको जस्तो।
वृद्ध आमाले गेटमा उभिँदै कराइन्—“आइस… छोरा आइस त…” जब शववाहन बाटोमा देखियो—त्यो आशाको स्वर अचानक च्यातियो। अनि आँखाबाट नीलो–खैरो आकाश झरेझैं आँसु झर्यो। “छोरा… यो के ल्याए तिमीले?” उनले हात बक्समा राखेर भनिन्—“तिमीले त घर बनाउँछु भनेको… यो त चिहान बनाइदिएर गयो…”
कुनै शब्दले त्यो आमाको पीडा बोकेन। कुनै धर्तीले त्यो पीडा समाउन सकेन। अन्तिम सपनाहरूको दाहसंस्कार सुरु भयो। घाम अस्ताउँदै थियो। वातावारणमा खरानी र धुवाँ मिसिँदै थियो। दूधनाथको शरीर चितामा राख्दा टेकिएको काठ पनि काँपेजस्तो लाग्थ्यो। आमाले भन्थिन्—“तिमीले भनेको घर बनाउने सपना… यो धुवाँसँगै उड्यो छोरा…”
साथिहरूको मुटु भाँचिएको थियो—किनकि सबैको मनमा एउटै डर—“उहाँको ठाउँमा म पनि हुन सक्थेँ।” आँखामा आँसु, हातमा खालीपन, र मुटुमा पीडाको भार बोकेर उनीहरू त्यस रात क्वार्टर फर्किए। हरेक सास, हरेक शब्द, हरेक ध्वनी—मृत्युको मौनताको बीचमा, जीवनको असमानता र अनियंत्रित मेहनतको कठोरताले छायाँ फ्याँकिरहेको थियो।
दूधनाथको मृत्यु केवल व्यक्तिगत क्षति मात्र थिएन। त्यो विदेशी श्रमजीवीहरूको साझा पीडा, कम्पनीको बेरुखी, नियमनहीनता, र जीवनको मूल्यहीनताको प्रमाण थियो। कतै पनि आँसु, शोक वा सम्झना—सबै कागजमा सिमित। बाकसमा बन्द जीवन, रातो रंगमा जमेको श्रम, पसिना र सपना—साथीहरूले छुँदै माफी माग्न बाध्य भए।
रानी–१० को साँझ, बिराटनगर, नेपाल। हावा पनि पीडित थियो। आमाको चिच्याहट, साथीहरूको मौन, अनि बक्समा बन्द जीवन—सबै मिलेर एउटा कथाको अन्त्य लेखेको थियो। तर कथा केवल मृत्यु मात्र थिएन; त्यो चेतावनी थियो—कसरी जीवन र श्रमको मूल्य बाहिर काम गर्दा अदृश्य बनाइन्छ, कसरी सपना र वास्तविकता बीचको दूरी—मेसिन र मानव जीवनको बीचको फरक—अनन्त रहिरहन्छ।
विदेश जाने सबैको डर एउटै—रातो बाकस। मरेर फर्किने डर। सपना जल्ने डर। दूधनाथका घरमा अहिले पनि एउटा पुरानो मोबाइल छ—स्क्रिन चिरिएको, चार्ज नटिक्ने, तर सम्झनाले भरिएको। त्यही मोबाइलमा आमाले विदेश गएकै रात पठाएको अन्तिम सन्देश अझै झिलिमिली बल्छ—“जवान, धेरै नथाक है… तेरो आवाज सुनेपछि निन्द्रा लाग्छ।” तर त्यो आवाज अब कहिल्यै नफर्कने। न त निन्द्रा लगाउने कोही पाक्ने। मात्र एक चिहान–जस्तो मौनता बाँकी।
दूधनाथलाई दाहसंस्कार गरेको दुई दिनपछि पनि रानी–१० को गल्लीमा कुनै अदृश्य स्वर कराइरहेजस्तो लाग्थ्यो। कुनै घरको किवाड खुल्थ्यो—अनि भित्रबाट सुनिन्थ्यो, “कस्तो छोरीजस्तै छोरो थियो… कामकिलो… नम्र…” बुढाबुढीहरू ओछ्यानबाट उठेर भन्थे—“यत्रा नासो, यत्रो दुःख—कर्मले बन्चरो लिएर बस्छ रे मानिसको टाउकोमाथि…” तर यी सबै आवाजको भित्री भित्तामा एउटै प्रश्न कुँदिएको थियो—“विदेश किन जानुपरोस्?”
नेपालका गरिब घरहरूमा उड्ने रातो धुलो—सपना, श्रम र शोकको संकेत—ठ्याक्कै त्यस्तै रातो–कडा दाग दूधनाथको घरको ढोकामा अझै देखिन्थ्यो। त्यो दाग—रातो बाकस खस्दा बनेको—क्षण–क्षणमा सम्झनाको लट्ठीले पोल्थ्यो। घरभित्र आमा भुइँमा टेकिरहेकी—बङ्गिएको शरीर, सुनसान आँखामा हजारौँ वर्षको धुलो। कहिले ओछ्यान छुँदै भन्थिन्—“दूधू, तेरो ओछ्यान त्यस्तै छ, छोरा… तैले छोएको तकिया अडाइदिएको छु, तिम्रो त्यो जुंगा उधिनेजस्तो मुस्कान कहाँ हरायो?” उनको स्वरमा दुःखको गहिरो प्वाल—जसलाई कुनै शब्दले पुरिन सक्दैन। आँखामा उमेरले पका घाउ—र हृदयमा गर्भजस्तै भारी शून्यता—जहाँ दूधनाथको नामले अझै धड्किरहन्छ।
कसैले घरको बार धकेलेर भन्थ्यो—“कति ऋण बाँकी छ रे?” “कम्पनीले पैसा दियो कि दिएन?” “के मेशिनले खायो?” “कागज मिल्यो? क्षतिपूर्ति आउँछ?” गाउँमा पर्वजस्तै चल्ने एक किसिमको गप—विदेशबाट लाश आएको गप। सबैले कुरा गर्लान्, तर कसैले आमाको आँसु चुसिदिने आँखा कहिल्यै बनाउँदैन। बुढाबुबा एक दिन ओछ्यानबाट उठेर भने—“छोरो त छोडेर गयो… अब ऋण कसले तिर्छ?” त्यो वाक्य आमाको हृदयमा घाउ भएर बस्यो। दूधनाथले तिनेका ऋण—अब उनी आफैले तिनुपर्ने भयो।
माटोका चर्किएका टायलहरू भित्ताबाट खस्दै टप्… टप्… भन्ने आवाज आउँथ्यो—जस्तै हरेक टुक्रासँग दूधनाथका सपनाहरू च्यातिँदै खसिरहेका थिए। घरको बिचमा राखिएको पुरानो बाल्टिनमा मोटर चल्दा पानी झर्दा बनिने खोक्रो आवाज—टुङ… टुङ…—थुप्रै अधूरा दिनहरूको सम्झना बनेर बजिरहन्थ्यो। गाउँका मानिसहरू हिँड्दै जाँदै कुर्सिएर बोल्थे—“दूधूले बनाउने भनेको घर त हेर्नै लायक हुन्थ्यो रे…” “आमालाई छुट्टै कोठा बनाइदिन्छु भनेको… के बिग्रिएछ?” “यो चार भित्ताले कति पिर खाए होलान्…” तर सबैभन्दा धेरै हेर्ने, सबैभन्दा धेरै सुन्ने, सबैभन्दा धेरै बिछोड सहने—आमै थिए।
हिजोआज उनी बारम्बार त्यो अधूरो घरको ढोकासम्म पुग्थिन्। कहिले काँध टेक्दै, कहिले हात फैलाएर भित्तालाई छोइदिएकी—मानौँ भित्ताभित्र दूधनाथको धड्कन अडिएको छ। कहिलेकाहीँ आमाको आँखा भित्र भासिन्थ्यो—“छोराले बनाउने भनेको घर पनि… र छोरै पनि… मुटुभित्रै मरेर गयो।”
सेतो अस्थिकल्प बोकेर आएको सानो प्लास्टिकको डब्बा—दूधनाथको अन्तिम रूप—घरको कुनामा राखिएको थियो। कतै नहल्लिने, कतै नसर्ने, तर भित्रभित्रै सबैलाई हल्लाइरहने पीडाको केन्द्रबिन्दु। आमाले बिहान उठ्नेबित्तिकै त्यसैसँग कुरा गर्थिन्। डब्बासँग बोल्दा उनको स्वर कहिले बच्चाजस्तै नर्म, कहिले बुढो पीडासँग काँपिरहेको।
“आज तिमीलाई दाल–भात पकाइदिएँ… खाइहाल है।”
कहिलेकाहीँ डब्बा नजिक राखिएको धूप बल्दै थियो, धुवाँ मुठीजस्तै उठ्दै। आमाले फेरि भन्थिन्—“आज धूप बालिदिएँ… सुनेको छौं है?” तर डब्बा कहिल्यै बोल्दैन। न त यो संसारले आमाको त्यो बर्बराहट सुन्छ। उनको बकबक—रोदनभन्दा गहिरो, मौनताभन्दा ठूलो—एक आमा र एउटा अस्थिकल्पबीचको गुप्त संवाद हो।
गाउँमा दूधनाथको रातो बाकस आएको दिनदेखि हावाको रङ नै बदलिन थाल्यो। कहिल्यै नडराउने युवाहरूको आँखा भित्रभित्रै खुम्चियो। विदेश जाने योजना बनाइरहेका केटाहरूले एक–आपसमा हेरे—“दूधूलाई के भयो देख्यौ? ऋण तिर्छु, घर बनाउँछु भन्थ्यो।” अर्काले थप्यो—“विदेश पैसा हो, तर… जीवन होइन रैछ।”
दूधनाथको मृत्युले गाउँमा चेत जाग्यो। केटाहरू पासपोर्ट बनाउने कागज च्यातिदिए, मेडिकल बुकिङ रद्द गरिदिए। आमाहरूले आफ्ना छोराहरूलाई काखमा राखेर भने—“देशमै काम गर्नू, काम सानो–ठूलो हुँदैन।” तर सबैको जीवन एउटै थिएन। केही फेरि दलालसँगै लाइनमा उभिए। धुलो उड्ने सडकमा जीवन कागजका टुक्राजस्तै सुँक्रिन्थ्यो।
उनीहरूलाई थाहा थियो—नियतिले फेरि कसैलाई रातो बाकसमा घर फर्काइदिन सक्छ। विदेशको तलबले शरीर भत्किन्छ, मन भत्किन्छ। घरभित्र कुनै न कुनै रात अँध्यारो बत्तीझैँ निभ्छ। तर गरिबी—भूकम्पजस्तै, चेतावनी दिँदैन, रोधाबार मान्दैन, बारम्बार घर–परिवार—जीवनकै मर्मस्थल भत्काइदिन्छ। त्यसैले केहीले निर्णय गरे—“जुनसुकै जोखिम होस्, जानैपर्छ।”
दूधनाथ केवल एक व्यक्तिमात्र थिएन। उनको जस्तै रातो बाकस नेपालका हरेक जिल्लामा पुग्थ्यो—झापा, रोल्पा, कञ्चनपुर, सङ्खुवासभा। कतै घरको ढोकामा बज्थ्यो, कतै अस्पतालका चिसा कोरिडोर पार गर्दै बुबा–आमाको काख चिराउँथ्यो। कतै दिदी कराउँथ्यो—“हाम्रो घर किन यत्तिकै चुपचाप भयो?” कतै छोरा सोध्थ्यो—“बुबा किन जागेनन्?” कतै बूढा बुबा भित्तामा टाउको टेक्थे—“मेरो सहारै गयो।”
देश—सधैं मौन। सिस्टम—सधैं कागजी। कागजमा ‘दुर्घटना’ लेखिन्छ, दुःखमा ‘भाग्य’ भनिन्छ, मृत्युमा ‘प्रक्रिया’ थमाइन्छ। नियति—सधैं निर्दयी। जसलाई चोट लाग्छ, वहीँ तोडिन्छ; कसैले बुझ्दैन, न रोक्छ। विदेशतिर बगिरहने पीडाको नदी, रोक्न न सकिने।
एक दिन साँझपख, दूधनाथको घरमा अँध्यारो हल्का थियो। छानाबाट टुक्रिएको सूर्यको सुनौलो प्रकाश भित्तामा पर्दै थियो। आमाले ढिलो–ढिलो आफ्नो हात बढाइरहेकी थिइन्, हातमा दूधनाथको फोटो। आँखा नीरव, मुस्कान मधुर, तर जीवनले भत्काएको वास्तविकता छायाले ढाकेको।
उनीले फोटो समाउँदै भनिन्—“छोरा… तिमीले त घर बनाएर लैजान्थ्यौ भनेर लागेको थियो… तर तिमी त मरेर पनि मलाई छोडेर जान पाएनौ। किनकि यो घर—अब तिम्रो पनि चिहान भइसक्यो।”
फोटोको छेउमा राखिएको रातो स्टिकर—“मानव अवशेष”—शब्द मात्र होइन, पीडा र असफलताको प्रतीक। त्यो रंग आमा–बुबाको आशा, सपना, दुखको रंग। अब घरको भित्तामा टाँसिएको राष्ट्रिय शोकजस्तै देखिन्थ्यो। आमाको मुटुमा चिरिएको घाउ, आँखामा नीरव आँसु, घरमा अधुरो छत, अधुरो सपना, तर पीडा—पूर्ण र सधैं जीवित।
यो कथा केवल दूधनाथको व्यक्तिगत पीडा मात्र होइन, लाखौँ नेपाली श्रमिकको प्रतिनिधित्व हो। विदेशको लोभमा जाने युवा, फर्कँदा खाली हात, शरीर रातो बाकसमा बन्द, आमाको आँखा नीरव। रातो बाकसले मात्र मृत्यु र मौनताको कठोर सत्य देखाउँछ—श्रमको मूल्य, जीवनको मूल्य, र देशमा प्रणालीको निर्दयी ढाँचा।
माटोका चर्किएका टायलहरू भित्ताबाट खस्छन्, आवाज गर्दै—टप्… टप्…—जस्तै हरेक टुक्रा दूधनाथको एउटा सपना च्यातिँदै खसिरहेको होस्। घरको बिचमा राखिएको पुरानो बाल्टिनमा मोटर चल्दा पानी झर्दा बनिने खोक्रो आवाज—टुङ… टुङ…—थुप्रै अधूरा दिनहरूको सम्झना बनेर बजिरहन्छ।
गाउँका मानिसहरू हिँड्दै जाँदै कुर्सिएर बोल्छन्—“दूधूले बनाउने भनेको घर त हेर्नै लायक हुन्थ्यो रे…” “आमालाई छुट्टै कोठा बनाइदिन्छु भनेको… के बिग्रिएछ…” “यो चार भित्ताले कति पिर खाए होलान्…” तर सबैभन्दा धेरै हेर्ने, सुन्ने, बिछोड सहने—आमै छन्। हिजोआज उनी बारम्बार त्यो कंकालघरको ढोकासम्म पुग्छिन्। कहिले काँध टेक्छिन्, कहिले हात फैलाएर भित्तालाई छोइदिन्छिन्, मानौँ भित्ताभित्र छोराको धड्कन अडिएको छ। कहिलेकाहीँ आँखा भित्र भासिन्छ—“छोराले बनाउने भनेको घर पनि… र छोरै पनि… मुटुभित्र मरेर गए।”
सेतो अस्थिकल्प बोकेर आएको सानो प्लास्टिकको डब्बा—दूधनाथको अन्तिम रूप—घरको कुनामा राखिएको छ। कतै नहल्लिने, कतै नसर्ने, तर भित्रभित्रै सबैलाई हल्लाइरहने दुःखको केन्द्रबिन्दु। आमाले बिहान उठ्नेबित्तिकै त्यसैसँग कुरा गर्छिन्। डब्बासँग बोल्दा स्वर कहिले बच्चाजस्तै नर्म हुन्छ, कहिले बुढो पीडाजस्तै काँपिन्छ।
“आज तिमीलाई दाल–भात पकाइदिएँ… खाइहाल है,” भन्ला जस्तो आवाजमा फुसफुसाउँछिन्। डब्बा नजिकको धूप बल्दै छ, धुवाँ मुठीजस्तै उठ्दै। आमाले फेरि भन्छिन्—“आज धूप बालिदिएँ… सुनेको छौं है?” तर डब्बा कहिल्यै बोल्दैन। न त संसारले आमाको त्यो बर्बराहट सुन्छ।
राति सबै सुतेपछि, आमा कोठामा छिर्छिन्, डब्बा छातीमाथि राखेर कराउँछिन्—तर त्यो कराइ पनि भित्ताले मात्र सुन्छ। संसारका सबै आवाजहरूमध्ये—सबैभन्दा पीडाभरिएको, सबैभन्दा सानो, सबैभन्दा एक्लो आवाज—एक आमा र एउटा अस्थिकल्पबीचको गुप्त संवाद हो।
गाउँमा दूधनाथको रातो बाकस आएको दिनदेखि हावाको रङ नै बदलिन थाल्यो। कहिल्यै नडराउने युवाहरूको आँखा भित्रभित्रै खुम्चियो। विदेश जाने योजना बनाइरहेका केटाहरूले एक–आपसमा हेरे—“दूधूलाई के भयो देख्यौ? ऋण तिर्छु, घर बनाउँछु भन्थ्यो।” अर्काले थप्यो—“विदेश पैसा हो, तर… जीवन होइन रैछ।”
दूधनाथको मृत्युले गाउँमा चेत जाग्यो। कसैले पासपोर्ट बनाउने कागज च्यातिदिए, मेडिकल बुकिङ रद्द गरिदिए। आमाहरूले आफ्ना छोराहरूलाई काखमा राखेर भने—“देशमै काम गर्नू, काम सानो–ठूलो हुँदैन।” तर सबैको जीवन एउटै थिएन। केही फेरि दलालसँगै लाइनमा उभिए। धुलो उड्ने सडकमा जीवन कागजका टुक्राजस्तै सुँक्रिन्थ्यो।
उनीहरूलाई थाहा थियो—नियतिले फेरि कसैलाई रातो बाकसमा घर फर्काइदिन सक्छ। विदेशको तलबले शरीर भत्किन्छ, मन भत्किन्छ। घरभित्र कुनै न कुनै रात अँध्यारो बत्तीझैँ निभ्छ। तर गरिबी—भूकम्पजस्तै, चेतावनी दिँदैन, रोधाबार मान्दैन। बारम्बार घर–परिवार—जीवनकै मर्मस्थल भत्काइदिन्छ। त्यसैले केहीले निर्णय गरे—“जुनसुकै जोखिम होस्, जानैपर्छ।”
दूधनाथको रातो बाकसले कोही थामियो, कोही डगमगायो, तर गरिबीको हरेक कम्पनसँग—गाउँ फेरि पुरानै चक्रमा धकेलियो। दूधनाथ कुनै एक्लो कहानी थिएन। उनको जस्तै रातो बाकस नेपालका हरेक जिल्लामा उत्रिन्छ—झापा, रोल्पा, कञ्चनपुर, सङ्खुवासभा।
रातो बाकस धेरै ठेगानामा पुग्छ—कुनै आमाको मुटुमा टाँसिन्छ, कुनै बुबाको ढाडमा भारी झैँ झुण्डिन्छ, कुनै बालकको नौनियाँ मनमा बुझ्न नसकिने पहाडझैँ बस्छ। कतै दिदी कराउँछे—“हाम्रो घर किन यत्तिकै चुपचाप भयो?” कतै छोरा सोध्छ—“बुबा किन जागेनन्?” कतै बूढा बुबा भित्तामा टाउको टेकिरहन्छन्—“मेरो सहारै गयो।”
तर देश—सधैं मौन। सिस्टम—सधैं कागजी। कागजमा ‘दुर्घटना’ लेखिन्छ, दुःखमा ‘भाग्य’ भनिन्छ, मृत्युमा ‘प्रक्रिया’ थमाइन्छ। नियति—सधैं निर्दयी।
प्रतिक्रिया