logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • चौथो पटक म्याद थप हुँदा समेत पातो सडक निर्माण कार्यले गति लिन नसकेपछी स्थानीय आन्दोलित

    चौथो पटक म्याद थप हुँदा समेत पातो सडक निर्माण कार्यले गति लिन नसकेपछी स्थानीय आन्दोलित

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन। सप्तरीको पातो–कठौना सडकखण्ड निर्माणको माग गर्दै बुधबार स्थानीय यूवाहरुले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

    अमरलती चाैकमा यूवाहरुले सडकमै टायर बालेर बिहानैदेखी प्रदर्शनमा उत्रेपछी सो सडकखण्डअवरुद्ध भएको थियो।

    विसं २०७५ जेठ ४ गते कान्छाराम–बामती—देव एण्ड सायरसँग वि.सं. २०७७ मंसिर १७ गते सम्म सडक निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । उक्त सडक निर्माण कार्यका लागि सडक निर्माण भने बामती भण्डार निर्माण सेवाले गरिरहेको छ ।

    कुल ७० करोड ४४ लाख ६१ हजार ४३ भ्याटसहित रकममा १८ किलोमिटर लम्बाई ११ मिटर चौडाइ सडक जसमध्ये ७ मिटर चाैडाइको कालोपत्रे निर्माणको कार्यको लागि सम्झौता भएको झण्डै ९ वर्ष बितिसक्दा पनि अझै निर्माण कार्य समपन्न हुन सकेको छैन् ।

    यस अवधीमा सो सडकखण्डको मात्र ३९ प्रतिशत कार्य सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालयका इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिएका छन् ।

    चालु आ.ब. २०८२ साल असार ६ गते चौथो पटक म्याद थप
    २०८२ माघ १ गते सम्मका लागि थपिएको छ । म्याद थप हुँदा समेत अझै सडक निर्माण कार्यले गति लिन नसकेपछी २०८२ साल असोज ३१ गते आयोजनाले ठेक्का पाएका कम्पनीलाई “ठेक्का अन्त्य कीन नगर्ने” सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

    यता सडक निर्माण हुन नसक्दा वर्षामा हिल्लामै र सुख्खामा धुलामै हुने गरेको छ । सडक समयमै कालोपत्र नभएकाले गाडीले उडाएको धुलोले दिउँसै अध्यारो हुने गरेको छ । यस सडकबाट दैनिक रुपमा एक दर्जन भन्दा बढी सवारीसाधानहरु आवतजावत गर्नेगर्छन् ।

    डाक्नेश्वरी नगरपालिका १ अमरलति चौकका अम्रित चौधरीले भने,“स्थानीय धुलोबाट श्वाशप्रशस्वासको रोग देखिन थालेको छ, जसकारण हामी सडक निर्माणको माग राख्दै आन्दोलित भएका छौं ।”

    सो सडक हुलाकी सहायक खण्डको रुपमा पूर्व–पश्चिम राजमार्गको कठौना बजारदेखि दक्षिण भारतीय सीमासम्म बन्ने भएको छ । यसमा कठौनादेखि मुख्य केन्द्र विन्दुको रुपमा रहेको पातो बजारसम्म ग्राभेल र ठाउँठाउँमा पिचको काम पूरा गरेर निर्माण कम्पनीले सडकको काम अलपत्र छाडेको छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक १३, बिहीबार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP