बोदेबरसाईन। आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधिसभा निर्वाचनमा जितका लागि पूर्ण रूपमा ढुक्क रहेको पूर्व युवा तथा खेलकुद विकास मन्त्री निवर्तमान सांसद तेजुलाल चाैधरीले दाबी गरेका छन् ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर–४ का उम्मेदवारसमेत रहेका चौधरीले चुनावी घरदैलो कार्यक्रमका क्रममा जनतामा कांग्रेस पार्टीप्रति नयाँ भरोसा र उत्साह देखिएको बताएका हुन् ।
यो क्षेत्रबाट विगतमा कांग्रेसले राम्रो पकड बनाउँदै आएको स्मरण गराउँदै उनले आफूलाई अरु उम्मेदवारसँग कडा प्रतिस्पर्धा नभएको दाबी गरे ।
पूर्वमन्त्री चाैधरी दोश्रो संविधान सभा निर्वाचन देखि निरन्तर यो क्षेत्रबाट चुनाव जित्दै आएका पात्र हुन् ।
‘चुनावमा उठ्ने त अरु पनि छन्, तर मेरो प्रतिस्पर्धा कसैसँग छैन,’ चाैधरीले भने । नेपाली कांग्रेस इतिहास बोकेको पुरानो पार्टी भए पनि नेतृत्व र सोचका हिसाबले नयाँ ऊर्जा प्राप्त पार्टीका रूपमा बदलिएको व्याख्या गरे ।
‘पार्टीभित्रको संरचनागत सुधार र नेतृत्वमा आएको परिवर्तनपछि देशभर कांग्रेसप्रति नयाँ उत्साह देखिएको छ,’ चौधरीको भनाइ छ ।
पूर्व युवा तथा खेलकुद विकास मन्त्रीसमेत रहेका चौधरीले सप्तरी क्षेत्र नम्बर–४ का दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार चाैधरीले आफ्नो कार्यकालमा भाैतीक पूर्वाधारतर्फ कदमहा- प्रमाणपुर – पटेर्वा सडक, कुसहा-चन्ही-बेल्ही बोर्डर सडक , कल्याणपुर- फुलबरीया- बनाैली सडक – कल्याणपुर – गाईघाट सडक र मानराजा- श्रीपुर- अमरैयाँ सडक निर्माणले सुरू भएको त्यसमा केही सडकको निर्माण कार्य अन्तिम चरणमा रहेको र केही निर्मानाधीन रहेको बताउँदै आफ्नो कार्यकालमा अधुरा विकास योजनालाई पूर्णता दिन पनि चुनाव जनताले जिताउनमा विश्वास व्यक्त गरे ।
उनले आफू मन्त्री हुदाँ यश क्षेत्रमा खेलकुद पूर्वाधार विस्तारमा बजेट विनियोजन गराएको स्मरण गराउदै यी योजना कार्यान्वयनका लागि पनि मेरो जित आवश्यक रहेको बताए । उनलेे पाँच वर्षको लागि जनताले मत दिएको भएपनि जेनजी आन्दोलनले गर्दा अढाई वर्ष बाहिरदाँ विगतका केही चुनावी बचा अधुरो रहेको पूर्व मन्त्री चाैधरी भनाइ रहेको छ।
‘यस क्षेत्रका मुख्य समस्या सिंचाइ, सडक, शिक्षा र रोजगारी हुन् । यी सबै विषयलाई केन्द्रमा राखेर संसदमा मजबुत रूपमा आवाज उठाउँछु,’ मतदातालाई उनले भने ।
प्रतिक्रिया