logo
  • २०८२ फाल्गुन १२ | Tue, 24 Feb 2026
  • पूर्वमन्त्री देव फेरि कांग्रेसमा

    पूर्वमन्त्री देव फेरि कांग्रेसमा

    राजबिराज । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश भएका हुन् ।

    जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

    पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए ।

    विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजीनति गरेका थिए ।

    संविधान सभा सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए । त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमालेमा गएका थिए ।

    उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बनेका थिए । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि नेता देव कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन ५, मंगलवार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP