logo
  • २०८२ चैत्र १९ | Thu, 02 Apr 2026
  • सिरहामा प्रहरी पोस्टिङमा आर्थिक चलखेलको आरोप

    सिरहामा प्रहरी पोस्टिङमा आर्थिक चलखेलको आरोप

    रामशंकर भण्डारी
    राजविराज । जिल्ला प्रहरी कार्यालय सिरहाको प्रशासन शाखामा कार्यरत प्रहरी जबान राबालक मण्डलमाथि आर्थिक चलखेल गरी प्रहरी कर्मचारीलाई सीमावर्ती क्षेत्रमा पठाउने गरेको आरोप लागेको छ।

    प्रहरी स्रोतका अनुसार करिब दुई वर्षदेखि प्रशासन शाखामा कार्यरत मण्डलले सीमासँग जोडिएका प्रहरी चौकीहरूमा खटाउनका लागि प्रहरी कर्मचारीबाट रकम असुल्ने गरेको चर्चा प्रहरी संगठनभित्रै व्यापक रूपमा भइरहेको छ। उनलेे उठाएको पैसा (हाकिम) साहेवहरूलाई समेत दिनु पर्ने बहाना लगाउदै रकम असुली गरिरहेको छ ।

    स्रोतले बताए,अनुसार भारतसँग जोडिएका सीमावर्ती बजार आसपासका प्रहरी चौकीहरूमा खटिएपछि त्यहाँबाट विभिन्न किसिमका असुली हुने भएकाले ती स्थानमा जान प्रहरी कर्मचारीबीच प्रतिस्पर्धा हुने गरेको बताइन्छ। यहीँ अवस्थालाई उपयोग गर्दै मण्डलले प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मबाट रकम उठाउने गरेको आरोप लागेको छ।

    एक पीडित प्रहरीका अनुसार रकम दिएपछि आफूले चाहेको सीमावर्ती प्रहरी चौकी रोजेर जान पाउने अवस्था रहेको बताइएको छ। तर पहुँच नपुगेका प्रहरी कर्मचारीलाई भने दुर्गम तथा कम अवसर भएका स्थानमा पठाइने गरेको गुनासो समेत प्रहरीभित्रै उठ्न थालेको छ।

    जिल्ला प्रहरी कार्यालयका एक स्रोतका अनुसार सीमावर्ती चौकीमा पठाउँदा प्रत्येक प्रहरी कर्मचारीबाट ५ हजारदेखि ७ हजार रुपैयाँसम्म रकम लिने गरिएको दाबी गरिएको छ।

    यस्ता घटनाले प्रहरी संगठनभित्रको पोस्टिङ प्रणालीमाथि गम्भीर प्रश्न उठाउने देखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र १०, मंगलवार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP