logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • नक्शलिय व्यवहार नसचिए हामी कडा भन्दा कडा कदम चाल्न वाध्य हुनेछौं: प्रवक्ता मण्डल

    नक्शलिय व्यवहार नसचिए हामी कडा भन्दा कडा कदम चाल्न वाध्य हुनेछौं: प्रवक्ता मण्डल

    राजबिराज। जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति सप्तरीले प्रेस विज्ञप्ति जारी गर्दै मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवसंग प्रहरी प्रशासनले गरेको दुर्व्यवहार प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको जनाएको छ।

    पूर्वाधार विकास कार्यलय सर्लाहीको प्रमुख सहित त्यस कार्यालयका इन्जिनियर कर्मचारीहरुको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार एवं उपभोक्ता समितिहरु माथि भई रहेको कमिसनको खेल, दमन, अत्याचारको विरोधमा पटक-पटक जिल्ला प्रमुख र सम्बन्धित निकायलाई अवगत गराएको कुरा सर्व विधित नै छ विज्ञप्तिमा भनिएको छ।

    यसै सन्दर्भमा हिजो राती जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु पूर्वाधार किवास कार्यालयमा खटिरहेको देखेर सेवाग्रहीहरु त्रसित भएको प्रदेश अध्यक्ष ज्यूले जानकारी पाउनु साथ सम्बन्धित जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई प्रदेश अध्यक्षले फोन मार्फत के कसो हो भन्ने जानकारी लिन खोज्दा जिल्ला प्रहरी प्रमुखको हेपाहा शैली, पूर्वाग्रही एवं नक्शनलिय चरित्र प्रस्तुत गर्नु खेदपूर्ण रहेको भनिएको छ।

    त्यस संवाद लगतै हिजो राती करिव १२:०० बजेको समयमा जिल्ला प्रहरी प्रमुखको आदेश अनुसार जिल्ला प्रहरी नायब उपरिक्षक सरोज राईको नेतृत्वमा सयौको संख्यामा प्रहरीहरुको समूह प्रदेश अध्यक्ष ज्यूको निजि निवास कविलासी न.पा. वडा नं.-१० स्थित सलेमपुरमा, उहाँ घर भित्र नरहेको बेलामा एकाएक प्रहरीहरु चोर डाका शैलीमा घरमा पस्न खोज्दा घर भित्र रहेका मान्छेहरु सुतीरहेको अचेत अवस्थामा महिला एवं घर परिवारजन माथी प्रहरीले गरेको दुर्व्यवहार साथै माननीय ज्यू संगको यस्तो हेपाहा शैलीमा कुरा गर्नु नेपाल प्रहरीको चत्रि विभेदपूर्ण रहेको स्पष्ट देखिन्छ, यस्ता नक्शलिय चरित्र तथा दुर्व्यवहारको हामी घोर भ्रत्शना गर्दछौं, जारी विज्ञप्तिमा उल्लेख रहेको छ।

    यस्ता व्यक्तिले यथा सिघ्रमाफी माग्नु पर्छ साथै सम्बन्धित निकायले यस्ता अमानविय कृयाकलाप गर्ने/गराउने जोसुकैलाई अविलम्ब कार्वाही गर्न जोडदार माग गर्दछौं । यस्ता नक्शलिय व्यवहार नसचिए हामी कडा भन्दा कडा कदम चाल्न वाध्य हुनेछौं।
    जसपा पार्टी सप्तरीका जिल्ला समिति प्रवक्ता सन्तोष कुमार मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २२, आईतवार २१:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP