logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • ऐतिहासिक धार्मिक स्थल मानाराजागढीमा युवाहरूद्वारा सरसफाइ

    ऐतिहासिक धार्मिक स्थल मानाराजागढीमा युवाहरूद्वारा सरसफाइ

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका वडा-७ स्थित रहेका ऐतिहासिक धार्मिक स्थल मानराजागढीमा युवाहरूले सरसफाइ गरेका छन्।

    जागरुक युवा अभियान सप्तरी नेपालको आयोजनामा आउदाै बिजया दशमीमा लाग्ने दुर्गा पुजा मेला लक्षित सरसफाइ गरिएको अभियानका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।उक्त सरसफाइ अभियानमा युवा संगै स्थानीयवासीको व्यापक सहभागीता रहेको थियो।

    उक्त सरसफाइमा सहभागीहरू नगरको ऐतिहासिक धार्मिक स्थल मानराजागढी भएपनि नगरपालिकाले सरसफाइमा कुनै ध्यान नदिएको गुनासो स्थानीयले गरेका थिए। राजाजी मन्दिर परिसर भित्र कुहिने र नकुहिने फोहोर राख्न डस्टबिन राख्नु पर्ने स्थानीयको भनाइ रहेको छ।

    “भ्रष्टाचार तथा बेतिथि विरूद्व युवाहरूको सामूहिक अवाज” मूल नाराकम साथ गठन भएका जागरूक युवा अभियान सप्तरी नेपालका सदस्य सुरेन्द्र साहले भने हामी नगरभित्र रचनात्मक कार्य मा सबैपक्षसंग हातेमालो गरि अगाढी बढने संगै नगरमा भएको भ्रष्टाचार विरूद्व आवाज उठाउने र जनातामा सचेतना अभिवृद्धि गराउने बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ३, शुक्रबार १५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP