logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • मधेश प्रदेशः खानेपानी, सरसफाई तथा स्वच्छता उपसमितिले खानेपानी समस्या सम्बन्धमा स्थानीयहरुसँग छलफल गर्दै

    मधेश प्रदेशः खानेपानी, सरसफाई तथा स्वच्छता उपसमितिले खानेपानी समस्या सम्बन्धमा स्थानीयहरुसँग छलफल गर्दै

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन: राष्ट्रिय सभा अन्तरर्गत रहेका विकास, आर्थिक मामिला तथा सुशासन समितिको मातहत रहेको खानेपानी, सरसफाई तथा स्वच्छता उपसमितिको टोलीका सदस्यहरुले मधेश प्रदेशमा खानेपानी समस्या सम्बन्धमा अध्ययन, अनुसन्धान एवं अवलोकन सप्तरी जिल्लाका विभिन्न स्थानमा स्थानीयहरुसँग छलफल गरेको छ ।

     

                                                                      सुखाग्रस्त मधेमा खानेपानी संकट बढदैँ गएको बताउँदै स्थानीयहरुले तत्काल अल्पकालीन पछि दिर्घकालीन रुपमा समस्या समाधानकालागी पहल गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमितिको टोलीका सदस्यहरु संग आग्रह गरेका छन् ।

    उक्त समितिले आज सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर–५ मा स्थानीयहरुसँग समेत छलफल गरेको छ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति राष्ट्रिय सभा सदस्य कमला पन्ती नेतृत्वको भ्रमण टोलीसँग भएको छलफलमा स्थानीय बासिन्दाले खानेपानी संगै कृषीमा सिंचाइका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

    बोदेबरसाईन नगरपालीकाका नगर उपप्रमुख रेणु साहले संघ सरकारले बजेट पठाउनू पूर्व स्थानीय सरकारसंग समन्वय नगर्ने गरेको गुनासो गरे। संगै उहाँले नगरपालिकाले विशेष नगरसभा चाडै बोलाएर खानेपानी समस्या समाधनका लागि स्थानीय श्रोत साधन परिचालन गर्ने र सोही अनुसारको बजेट विनियोजन गर्ने बताउनुभयो।

    नेपाली कांग्रसेका बोदेबरसाईन नगर सभापति दिपेन्द्र यादवले खानेपानी संकट र सुख्खाबाट बचाउन जग्गालाई रिचार्ज गर्न स्थानीय स्तरमा रहेका खडक नदी, बिहुल नदी र बलान नदीका पानीलाई सदुपयोग गर्न सुलिसट गेट निर्माण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

    सो भ्रमण टोलीमा राष्ट्रिय सभा सदस्यहरु उर्मिला अर्याल, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त भट्ट, पूजा चौधरी, सावित्री मल्ल र संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका सहभागीता रहेको छन्।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति राष्ट्रिय सभा सदस्य कमला पन्तीले मधेसमा खानेपानी संकट बढदै गएको बताउदैँ जमिन मुनीको पानी लेभल बचाउन ताल, तलाउहरु संरक्षण गर्नु पर्ने र नदीहरुको पानी सदुपयो गर्न पर्ने बताउँदै मधेसमा देखा परेको समस्या समाधनका लागि पहल गर्ने गर्ने बताए।

    उपसमितिले स्थानीयको माग र समस्या अध्ययन गरी आगामी योजनामा समेट्ने प्रतिबद्धता जनाएको छन्। भने स्थानीयहरुले नदीको पानीलाई व्यवस्थित रूपमा खेतसम्म पु‍र्याउन सकेमा कृषिजन्य उत्पादनमा वृद्धि हुने र किसानलाई ठूलो राहत हुने र जमिन रिचार्ज भई खानेपानी समस्या पनि टर्ने अपेक्षा गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र १५, आईतवार ०८:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP