logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • बयानका लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

    बयानका लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

    काठमाडौं,१९ भदौ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तेस्रो दिन बयान दिन सिंहदरबार पुगेका छन्।

    प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। यसअघि समितिले भदौ १५ र १६ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

    जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले गत बुधबारबाट बयान लिन सुरु गरेको हो। जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुन: बसेको हो। बयानका लागि ४३ वटा प्रश्न  तयार पारिएका छन्। जसमध्ये ६ वटा प्रश्नको मात्रै जबराले बयान दिएका छन्।

    संसदीय समितिले सोधेका प्रश्नको जवाफ दिँदै जबराले प्रश्न आचित्यहीन  र महाभियोग निस्कृय भइसकेको बताएका छन्। उनले  आफ्नै सहकर्मी न्यायाधीशको भूमिकामाथि प्रश्न उठाएका छन्।
    उनले न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै विवादमा मुछिनुपरेको बताए।

    आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनको दाबी गरेका छन्। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको  र कार्यपालिकामा  भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ भाद्र १९, आईतवार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP