logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • एमालेलाई खाली जग्गा देख्नै नहुने, आँखा गइहाल्दोरहेछ : शेखर कोइराला

    एमालेलाई खाली जग्गा देख्नै नहुने, आँखा गइहाल्दोरहेछ : शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    नेता कोइरालाले एमालेले छलकपटबाहेक केही नगरेको बताउँदै भने, ‘हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर विधेयक बनायौँ । तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो । अहिलेसम्म त हामीले लुकायौँ अब लुकाउनुपर्ने छैन । अब लुकाउनुपर्ने आवश्यकता छैन ।’

    उनले राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियडको पक्षमा संशोधन प्रस्ताव हालेको बताउँदै भने, ‘एमाले त छलकपट गर्दोरहेछ । त्यसमा पनि विमति छैन ।’ अहिले भूमि सम्बन्धी विधेयक खाली जग्गा मास्ने गरी एमालेले ल्याएको पनि उनले आरोप लगाए ।

    उनले भने, ‘जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस् । पोखराको लिचीबारी हेर्नुस् । गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती पदमा बसिराख्नुभएको छ ।’

    कास्की एमालेको जिल्ला कमिटीले नै भूमिमन्त्रीको राजीनामा माग हुँदासमेत कांग्रेसले बोल्न नसकेको बताए । ‘अर्को रेशम चौधरीजीको पार्टीको अध्यक्ष पनि बिचौलिया हुनुहुँदो रहेछ’ नेता कोइरालाले भने, ‘सांसद पनि बिचौलिया भएपछि देशको हालत के हुन्छ होला ? कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमि मन्त्रीले स्विकारिराख्नुभएको छैन । आज बैठक नै बस्न सकेन ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण ३१, शनिबार २२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP