logo
  • २०८२ माघ १२ | Mon, 26 Jan 2026
  • बोदेबरसाईन–३ मा रामनाथ साहसहित १८ जना कांग्रेस प्रवेश

    बोदेबरसाईन–३ मा रामनाथ साहसहित १८ जना कांग्रेस प्रवेश

    बोदेबरसाईन। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै सप्तरी–४ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा बोदेबरसाईन नगरपालिका वडा नम्बर–३ मा रामनाथ साहसहित १८ जना विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
    नवप्रवेशीहरूलाई आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले स्वागत गरेका थिए। सो कार्यक्रममा क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा उम्मेदवार, पूर्व युवा तथा खेलकुद विकास मन्त्री तथा निवर्तमान सांसद तेजुलाल चौधरी विशेष उपस्थिति थियो।

    त्यस्तै नेपाली कांग्रेस बोदेबरसाईन नगर सभापति इन्जिनियर दीपेन्द्र कुमार यादव, वडा नम्बर-३ का वडा अध्यक्ष शिव नारायण यादव लगायतका स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
    नवप्रवेशीहरूले देशमा स्थिरता र विकासका लागि कांग्रेस रोजेको बताएका छन्। चुनाव नजिकिँदै जाँदा यस क्षेत्रको राजनीतिक माहोल थप तातेको छ।

    सो कार्यक्रममा कार्यक्रममा बोल्दै नेताहरूले कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ ११, आईतवार १५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP