logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • ‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न महामन्त्री गगन थापाको माग

    ‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न महामन्त्री गगन थापाको माग

    काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

    कांग्रेसको बुद्धिजीवी विभागले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले मन्त्री गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।

    ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईँले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’

    थापाले घटनाको छानबिन हुनुपर्ने बताए । अनुसन्धान गर्दै गर्दा कहीँकतै कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्ने थापाको भनाइ थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३१, मंगलवार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP