logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • जनमत पार्टी सप्तरीद्वारा जिल्ला समन्वय समितिको बैठक सुरु

    जनमत पार्टी सप्तरीद्वारा जिल्ला समन्वय समितिको बैठक सुरु

    राजविराज। जनमत पार्टी सप्तरीले आज शनिबार जिल्ला समन्वय समितिको पहिलो बैठक सुरु गरेको छ।

    राजविराज–८ स्थित ग्रीनल्यान्ड पार्टी प्यालेस, मदननगरमा पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ।

    बैठकमा जिल्ला समन्वय समितिका सबै सदस्यहरू, सप्तरी जिल्लाका स्थानीय तहका पालिका अध्यक्षहरू तथा वडा अध्यक्षहरूको अनिवार्य उपस्थिति रहेको जनाइएको छ। जनमत पार्टी सप्तरीका इन्चार्ज राम गमन साहका अनुसार सहभागीहरूले आफ्नो नाम प्रस्ट देखिने गरी नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको थियो।

    बैठकमा संगठनात्मक समन्वय, स्थानीय तहमा पार्टीको भूमिका, भावी रणनीति तथा पार्टी संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिने र महत्वपूर्ण निर्णयहरू गर्ने जनाएका छन्।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १७, शनिबार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP