logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • महादेवा गाउँपालिकाले होटलमै लाखौँ सकायो

    महादेवा गाउँपालिकाले होटलमै लाखौँ सकायो

    राजविराज। सप्तरीको महादेवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा खानपानलगायत विविध शीर्षकमा आन्तरिक आम्दानीभन्दा धेरै खर्च गरेको पाइएको छ।

    गाउँपालिकाको लेखा अभिलेख अनुसार चालु आर्थिक वर्षमा ‘विविध खर्च’ शीर्षकअन्तर्गत कुल रु. २१ लाख २५ हजार खर्च गरिएको छ। तर, सोही अवधिमा गाउँपालिकाको आन्तरिक आम्दानी रु. १६ लाख २२ हजार मात्र रहेको छ। अर्थात्, विविध खर्च कुल आन्तरिक आम्दानीको १३१.०१ प्रतिशत पुगेको हो।

    खर्चको ठूलो हिस्सा खानपानमा गएको देखिएको छ। वडा तथा गाउँपालिका कार्यालयहरूले विभिन्न होटल र स्टोरहरूबाट खाना तथा खाजा खरिद गरेका छन्।
    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) अनुसार, बजेट खर्च गर्दा नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्य कायम गर्नुपर्ने प्रावधान छ। तर, महादेवा गाउँपालिकाको खर्च अभ्यास सो मापदण्ड विपरीत देखिएको छ।

    वित्तीय पारदर्शिता र जवाफदेहिताको सवाल उठाउँदै सार्वजनिक प्रशासन विज्ञहरू भन्छन्, “खानपानमा अत्यधिक खर्च गर्नु भनेको विकास र सेवा प्रवाहमा बाधा सिर्जना गर्नु हो। बजेटले जनताको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ, भोजभतेरलाई होइन।”

    पालिकाले भविष्यमा मितव्ययी खर्च सुनिश्चित गर्ने र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। तर, स्थानीयवासीहरू भने पछिल्लो खर्च प्रवृत्तिले चिन्ता व्यक्त गरिरहेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १८, आईतवार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP