राजबिराज। मधेश प्रदेश सरकारका मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश कुमार यादबले पत्रकारिता पेशालाई मर्यादित र विश्वासिलो बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु अपरिहार्य रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे सभाहलमा सोमबार स्थानीय पत्रकारहरुसंग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यबाहक अध्यक्ष यादबले पत्रकारिता पेशालाई मर्यादित,तथा ब्यवसायीक बनाउन पत्रकार आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।
उनले पत्रकारिता पेशालाई मर्यादित र ब्यवस्थीत बनाएर लैजानुपर्नेमा जोड दिदै अब पत्रकारको क्षमता अभिवृद्धी गराउँदै यस पेशामा टिकाउनका लागि गुणस्तरीय बनाउन मिडिया काउन्सिलले भुमिका खेल्ने बताए। संचारकर्मीहरुको प्राप्त सुझावलाई आत्मासात गर्दै मिडियामैत्री बजेट अनुसार बार्षिक कार्यक्रम बनाएर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारिताकाे धर्मलाई निभाउँदै पत्रकारिता गर्नुपर्नेमा जाेड दिए।
उनले जेष्ठ पत्रकारहरूकाे सम्मानकाे लागी पत्रकार कल्याण काेष स्थापना गरी यसै बर्ष संचालनमा ल्याउने कार्यक्रम रहेकाे बताए। नीतिगत धारणा बनाएर पत्रकारितामा देखिएकाे बिकृतीलाई अन्त गरी पत्रकारितालाई मर्यादित, ब्यबस्थित, ब्यवसायी बनाउने उदेश्य रहेकाे उनले बताए ।
‘मधेश प्रदेशमा अनलाईन मिडिया दर्ता गरेकाे संख्या ६२ पुगे छ’ उनले भने, ‘दर्ता भएका अनलाईन पत्रिकालाई बर्गिकरण गरेर लाेककल्याणकारी बिज्ञापनमा जोड्न कार्यबिधि बनाएर काम गरिरहेका छौं।’
यसैगरी मेडिया काउन्सिल सदस्य रिंकु मिश्रले पत्रकारिता आचारसंहिता उल्लंघन गर्ने कार्य बढेकाेले यसलाई नियन्त्रण र नियमनलाई प्रभावकारी बनाउने कार्यक्रमहरू संचालन गर्ने बिश्वास ब्यक्त गरे।
नेपाल पत्रकार महासँघकी केन्द्रीय सदस्य ललिता साहले मधेश प्रदेश सरकारकाे मिडिया काउन्सिलले प्रदेशका सम्पुर्ण पत्रकार र पत्रिका र पत्रकारिताकाे बिकासमा भुमिका खेल्नुपर्नेमा सुझाव दिइन् ।
आम संचार प्राधिकरण मधेस प्रदेशका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादबले प्रदेश सरकारले संचार ऎन संंशाेेधन गरी स्वायत्त बनाई बजेट सम्मानजनक बजेट छुटयाउनुपर्नेमा जाेड दिए। उनले अधिकार प्राप्तकाे आन्दाेलनमा पत्रकारहरूले ठुलाे भुमिका रहेकाे भएपनि पत्रकार र पत्रिका, पत्रकारिताकाे बिकासमा प्रदेश सरकार उदासीन रहेेकाे आरोप लगाए।
नेपाल पत्रकार महासँघ शाखा सप्तरीका पुर्व अध्यक्ष बैधनाथ झाले पत्रकारितालाई मर्यादित, ब्यवसायीक बनाउन आफु निष्पक्ष भएर अगाडि बढनुपर्नेमा सुझाव दिए। उनले छाडा, यूट्यूवर र पत्रकारितालाई नियन्त्रण गर्न मिडिया काउन्सिल सक्रिय हुनुपर्नेमा जाेड दिए।
अर्का पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले पत्रकारिताकाे लागी संचारमैत्री बजेट देखिदैन भन्दै प्रदेशकाे सम्पुर्ण पत्रकार र पत्रिकालाई टिकाउन, बिकाउन लाेक कल्याणकारी बिज्ञापनमा बृद्वि गर्नुपर्नेमा सुझाव दिए।उनले पत्रकारहरूकाे कल्याणकाेष ब्यबस्थापना गर्नुपर्ने सुझाव लिए।
नेपाल पत्रकार महासँघ शाखा सप्तरी अध्यक्ष श्रवण कुमार देवले अमर्यादित पत्रकारितालाई नियन्त्रण गर्न र छाडा मिडियालाई कार्यवाहीकाे दायारामा ल्याउनमा काउन्सिलले भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरे।
नेपाल पत्रकार महासँघ शाखा उपाध्यक्ष सुधा देवले अहिले पत्रकार संख्यात्मक रुपमा बढेपनि गुणत्मक विकास हुन सकेको बताए । उनले अब पत्रकारको क्षमता वृद्धी गराउँदै यस पेशामा टिकाउनुपर्ने जाेड दिईन। मर्यादित, ब्यवसायीक पत्रकारिताकाे लागि पत्रकार र पत्रिका तथा सानाे मेडियामा सरकारले लगाानी लगाउनु पर्नेमा सहभागी संचारकर्मीहरुले बताए ।
पत्रकार मनाेज माझीले पत्रकार आचारसंहिता उल्लंघनका घटना सन्दर्भमा मिडिया काउन्सिलकाे भुमिका खेल्नुपर्नेमा जाेड दिए।
उनले पत्रकारिताकाे नाममा बिकृती फैलाउने युट्यूव पत्रकारिता गर्ने कार्यलाई काउन्सिलले अनुगमन, नियमन र नियन्त्रण गर्नुपर्ने सुझाव दिए।
काउन्सिलका सदस्य, मनु पासवान, आम संचार प्राधिकरण सदस्य तथा शाखा सप्तरीका काेषाध्यक्ष नवीन गुप्ता, बरिष्ठ पत्रकार गणेश लाल देव, संचारकर्मी चन्दन कुमार यादव, नर्मदेव यादब, अरूण तिवारी, दिनानाथ यादब, बिन्दु यादब लगायतले आफनाे सुझाव राखेका थिए।
प्रतिक्रिया