कुलानन्द यादव
सिरहाको नवराजपुर गाउँपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर खिरद एउटै प्रकृतिको समान टुक्राटुक्रापारी सोझै खरिद गरिएको पाइएको छ।
यस्तो छ कानुनी व्यवस्था : सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुने गरी खरिद गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ बमोजिम रु. १० लाखसम्मको खरिद कार्य सोडौ गर्न सकिने, रु.२० लाखसम्म सिलबन्दी दरभाउपत्रबाट र सोभन्दा माथि बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सोझै खरिद कार्य गर्दा एक आर्थिक वर्षमा सीमाभन्दा बढीको खरिद गर्न नहुने एवं एउटा आपूर्तिकर्तासंग एक पटकभन्दा बढी सोझै खरिद गर्न नहुने उल्लेख छ ।
तर नवराजपुर गाउँपालिकाले पूँजिगतवाट बजेटबाट बिभिन्न सामाग्री खरिद गर्दा प्रतिस्पर्धात्मक विधि नअपनाई एकै प्रकृतिका वस्तु तथा सेवालाई बिभिन्न समयमा टुक्रा तथा लागत अनुमान समेत तयार नगरी प्रतिस्पर्धाबाट बञ्चित हुने गरी न्यू निरज स्टील फनिचर उद्योगबाट कोटेशन मार्फत् रु.२४ लाख ८१ हजार १सय १२ रूपैयाँको खरिद सामाग्री नियमसंगत देखिएन, महालेखा परीक्षणकाे प्रतिवेदन २०८० /२०८१ मा औंल्याएको छ।
प्रतिक्रिया