बोदेबरसाईन। सुरुङ्गा नगरपालिकाको उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन नगरप्रमुख गीता चौधरीले ‘सी लिड्स आइकन’ दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। उहाँ नगरपालिकाको काम कर्तव्य र स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने प्रतिस्पर्धामा सहभागी हुन लाग्नुभएको हो।
उहाँलेभन्नुभयो, “देशभरिबाट छानिएका ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिमध्ये म पनि सहभागी हुँदै छु । ‘सी लिड्स आइकन’ कार्यक्रममार्फत नगरपालिकाले गरेको काम र नगरक्षेत्रभित्रको उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गर्ने छु।”
यो कार्यक्रममा सुरुङ्गा नगरपालिकाले आफ्ना उत्पादन सामग्री स्टलमार्फत राखी विक्री गर्ने अवसर पाउने छ र यसको माध्यमबाट नगरका स्थानीय उत्पादनलाई बजार विस्तार गर्न सहयोग पुग्ने
नगरप्रमुख चौधरीले विश्वास व्यक्त गर्नुभयो।
आगामी पुस १८ देखि २० गतेसम्म आयोजना हुने सो कार्यक्रममा प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीको उपस्थिति रहने बताइएको छ । चौधरीले भन्नुभयो, “यस किसिमको प्रतिस्पर्धाबाट नगरको मात्र नभई यहाँ उत्पादन भएका वस्तुको पनि प्रचारप्रसार हुन्छ।” नगरप्रमुख चौधरीका अनुसार उक्त प्रतिस्पर्धाबाट भोटिङको आधारमा सात जना विजेता घोषणा गरिने छ ।
प्रतिक्रिया