logo
  • २०८२ चैत्र ३ | Tue, 17 Mar 2026
  • भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमा अनवर नियुक्त

    भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमा अनवर नियुक्त

    बोदे बरसाईन। सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर— २ नेङ्गडा निवासी अनवर अली भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमे नियुक्त भएका छन्। मिति २०८१ फागुन २८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार अलीलाई नियुक्त गरिएको हो।

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (च) अनुसार उनलाई नियुक्त गरिएको हो।
    यसअघि आयोगको सप्तरी जिल्ला अध्यक्षमा अखिलेश झा, विज्ञ सदस्यमे पञ्चदेव चौधरी, र महिला सदस्यमे नानू चौधरी नियुक्त भइसकेका छन्।
    आयोगको उद्देश्य जिल्लामे रहेका भूमि समस्याहरू समाधान गर्दै समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउनु रहेको छ। अनवर अलीको नियुक्तिले आयोगलाइ थप सक्रिय र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइरालाले दिइएको नियुक्ति पत्रमा उल्ललेख रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ६, बुधबार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP