logo
  • २०८२ माघ १६ | Fri, 30 Jan 2026
  • द्रुत सिकाइ कार्यक्रम अभियानमा ऐक्यबद्धता निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न

    द्रुत सिकाइ कार्यक्रम अभियानमा ऐक्यबद्धता निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न

    लहान। समग्र जन उत्थान केन्द्र, लहानले, केयर नेपालको सहयोग तथा शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेश र शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधामको समन्वयमा आयोजना गरेको “द्रुत सिकाइ कार्यक्रम अभियानमा ऐक्यबद्धता निर्माण” सम्बन्धी एकदिने प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ।

    मधेश प्रदेशको जनकपुरमा जेठ २३ गते आयोजित उक्त गोष्ठी समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका उपसचिव श्री किशोरी कापरको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय सम्बद्ध संघ संगठन शिक्षा विज्ञ, नागरिक समाजका अगुवा, संचारकर्मी र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

    गोष्ठीमा केयर नेपालका किशोरी शिक्षा तथा सशक्तिकरण कार्यक्रम प्रबन्धक श्री रविन्द्र कुमालले “द्रुत सिकाइ कार्यक्रम”को अवधारणा, महत्व, उपलब्धि र चुनौतिसम्बन्धी प्रस्तुति राख्दै सहभागीहरूसँग खुला छलफल गर्नुभयो। छलफलको क्रममा विद्यालय बाहिर रहेका किशोरीहरूलाई शिक्षाको मूलधारमा ल्याउन प्रदेश तथा स्थानीय सरकार, शिक्षामा संलग्न संघ–संस्थाबीच समन्वय, सहकार्य र ऐक्यबद्धता अपरिहार्य रहेकोमा सबै सहभागी एकमत देखिए।

    शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका उपसचिव कापरले निर्देशनालयले ल्याएको नयाँ शिक्षा नीतिले विद्यालय बाहिर रहेका किशोरीहरूको पहुँच विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले गैरसरकारी संस्थाहरूले शिक्षा क्षेत्रमा गरेका योगदानलाई राज्यकै अंगका रूपमा स्वीकार गरी समन्वय गर्दै शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सबै जना मिलेर काम गर्नुपर्ने आवयक्ता रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै समग्र जन उत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन द्रुत सिकाई कार्यक्रम अत्यन्त उपयुक्त माध्यम रहेको बताउँदै यसले शिक्षण प्रणालीमा समावेशिता, सहजता, पहुँच र गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २५, आईतवार २२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP