बोदेबरसाईन। सप्तरीको बलान विहुल गाउँपालिका-१ मल्हनियाँमा बलान विहुल युवा सञ्जालले प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सो रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
वडा नम्बर-१ बाट SEE मा उत्कृष्ट अंक ल्याएका छात्र श्याम सुन्दर मण्डल, छात्रा सृष्टि कुमारी चौधरी र ज्योती कुमारी मण्डललाई युवा संजाले सम्मान गरेका हुन्।
कार्यक्रममा वडा नं. १ का जेष्ठ नागरिक, वर्तमान जनप्रतिनिधि,, संजालका सदस्यहरुको अभिभावक, अपांगता भएका व्यक्ति, कलाकार, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, रक्तदान टोली लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ।
उक्त कार्यक्रम संजालको अध्यक्ष मुकेश कुमार पासमानको अध्यक्षता तथा बलान बिहुल गाउँपालिका वडा न. १ का वडा अध्यक्ष राम कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा अतिथिहरुको स्वागत युवा नेता देव नारायण चौधरीले गरेको थियो भने कार्यक्रमको संचालन सरोज कुमार चौधरीले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यपालिका सदस्य संजीव कुमार शर्मा, कार्यपालिका सदस्य सन्तोष कुमार साह, लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख मनोज कुमार यादब , समाजिक अभियन्ता पवन शर्मा, संजालका सल्लाहकार दुर्गा प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बलान विहुल युवा सञ्जालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लहान शाखाको सहकार्यमा सम्पन्न भएको छ ।
प्रतिक्रिया