राजबिराज। सप्तरीको राजविराज स्थित स्वास्थ्य कार्यालयले ७३ औँ विश्व कुष्ठरोग दिवस मनाएका छन्।
कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका शाखा अधिकृत डम्बर लाल यादवसहित अहेब, हे.अ., स्टाफ नर्सहरू, स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, कर्मचारीहरू तथा अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कुष्ठरोगबारे फैलिएका भ्रम हटाउने, समयमै उपचारको महत्त्व र सामाजिक विभेद अन्त्य गर्नुपर्ने विषयमा जोड दिएका थिए।
स्वास्थ्य कार्यालयले यस्ता कार्यक्रममार्फत समुदायस्तरमा जनचेतना फैलाउँदै कुष्ठरोग न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया