रासिन्द्र यादव
सप्तरीको खडक नगरपालिकामा सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित ‘समुन्नति’ तथा ‘सिडा परियोजना’ कार्यक्रम अन्तर्गत बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बाल कचहरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
खडक नगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथि नगर प्रमुख जय प्रकाश चौधरी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगर बाल सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले गरेको थियो।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख जय प्रकाश चौधरीले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकाले बालमैत्री नीति निर्माणमा प्राथमिकता दिने बताउनुभयो।
त्यस्तै उपप्रमुख रीता कुमारी चौधरीले बालबालिकाको सहभागितालाई सशक्तिकरणको आधार ठहर गर्दै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने धारणा राख्नुभयो।
सो कार्यक्रममा सहभागी बालबालिकाले आफूहरूले भोगिरहेका विभिन्न समस्याहरू, सार्वजनिक सेवामा भैरहेका कमीकमजोरीहरू, बालमैत्री वातावरणको अभावजस्ता विषयमा खुलेर धारणा राखेका थिए। साथै उनीहरूले सुधारका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोन, रामाकान्त चौधरी, रविन्द्र प्रसाद चौधरी (प्रधानाध्यापक, सीस्वा बेल्ही), वीरेन्द्र कुमार यादव (शिक्षा अधिकृत), प्रकाश चौधरी, र उमा कुमारी चौधरी, सेभ द चिल्ड्रेनका बरिस्ठ परियोजना संयोजक मकर बा. सार्की, रामकेशर ओझा, सबल नेपाल फिल्ड म्यानेज रोधन कुमार मण्डल , फिल्ड संयोजक अशोक कुमार साह, ईलाका प्रहरी कार्यलय कल्याणपुरका प्रहरी नायब निरीक्षक अरुण कुमार यादब, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत अनिता साहलगाइततको उपस्थित रहेको कुरा कार्यक्रम संचालक राधेश्याम रामले जनाएको छ।
प्रतिक्रिया