logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • शान्तिको शिखरमा सुखको साँझ 

    शान्तिको शिखरमा सुखको साँझ 

    शान्तिको शिखरमा सुखको साँझ 

                     तोमनाथ उप्रेती

    शान्तिका शिखरहरूमा उभिएका, सुखका सुनौला सूर्यहरू,
    साँझको सुगन्धित समीरण, साँच्चिकै शीतल श्वासहरू।
    मृगतृष्णाका मैदानमा मनका मृगहरू दौडन्छन्,
    तर अनन्तको अन्तर्नादमा आत्मा अल्झन्छ, बोल्दैन, बस् सुनिरहन्छ।

    पिपलका पातहरूमा प्रार्थनाको पराजुली झुल्किन्छ,
    धेरै टाढाबाट आएको हावाले हरपल हरिहरको हर्ष लिई फर्किन्छ।
    शब्दभन्दा परको संगीत, स्वरभन्दा शान्त आवाज,
    संसारको सकल संगीतमै गुञ्जिन्छ आत्माको आवाज।

    सागरका छालहरूझैँ स्वार्थका सन्देहहरू उर्लिन्छन्,
    तर साहसका सन्देशले ती सागरहरू शान्त पार्छन्।
    मनको मन्दिरमा ममता मसिनो धूप झैँ सल्कन्छ,
    धैर्य र ध्यानको दीप उज्यालो पारेर पल्कन्छ।

    तृष्णाका तापहरूले तापेको तनमा तातो पीडा पग्लिन्छ,
    तर त्यहीँ तातोपनमा तपस्याको तरङ्ग झिल्किन्छ।
    रिस र रागका रूखहरू ओइलिन्छन्,
    माया र माफीको माटोमा हरियाली भएर फैलिन्छन्।

    आनन्दको आगनमा आत्माको आँसु अञ्जुलीमा थामिन्छ,
    त्यही आँसुमा आसको अक्सिजन घुल्दै जान्छ।
    जहाँ आफ्नै अन्तरको आकृति आफैँलाई आँखा देखाउँछ,
    त्यही आँखा आत्मासँग आत्माको आत्मीयता पाउँछ।

    जहाँ दुःखको देवदास पनि दया माग्दछ,
    त्यहाँ सुखको सौरभ पनि समर्पणमा लाग्दछ।
    शान्तिको शिखरमा सुखको साँझ गुँजिरहन्छ,
    साँच्चै त्यो साँझ साक्षात् आत्मानन्दमा रमिरहन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण ४, आईतवार २०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP