सत्यको आवाज
तोमनाथ उप्रेती,
मौनतालाई माया गर्ने अध्यात्मले भन्यो,
“मुखरता आए सत्य छिनिन्छ।”
तर आज, जब समाजको घडी घातक ढंगले घुमिरहेको छ,
सत्य चुप्पीको कुहिरोमा हराइरहेको छ।
हिँड्छन् सडकमा युवाहरू, पाइलामा प्रश्न,
हृदयमा ज्वाला, आँखामा उज्यालो आशा।
शब्दहरू उनीहरूको हतियार,
सत्यको खोज उनीहरूको धर्म।
लेखक, कवि, विचारकहरू,
तपाईंको मौनता के हो —
सहयोग, डर, कि आरामको आड ?
समयले पर्खँदैन,
समाजले प्रश्न सोधिरहन्छ,
उत्तर बिना, विश्वास डग्मगाउँछ।
साहित्य केवल रमाइलोको खेल होइन
पुरस्कारको चमक होइन
यो समाजको कान, आँखु र चेतना हो
हरेक शब्दले मार्गनिर्देशन गर्छ
हरेक कविता बनाउँछ पर्खालमा उज्यालो।
तर आज, केही त ‘छुस्स व्यस्त’ छन्
आलस्यमा रमाएका
पुरानो सम्मान गन्नमा व्यस्त
यस्तो मौनता समाजको नैतिक पतन हो
सत्यको लागि हरेक लेखकको कर्तव्य बिर्सिनु होइन।
प्रतिक्रिया