बोदेबरसाईन । सप्तरीको बोदेबरसाईन नगरपालिका–७ मानराजामा जारी दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको चाैथो दिनको वडा नम्बर ५ बोदेबरसाईन र वडा नम्बर ६ फुलकाही बिच भएको खेलमा फुलकाही १ सय २४ रनको फराकिलो अन्तरले विजय हासिल गरेको छ ।
वडा नम्बर ६ फुलकाहीले २० ओभरमा २०५ रनको योगफल तैयार परेको थियो । टस जितेर फुलकाही टिमका कप्तान विवेक यादवले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जुन टिमको लागि सही निर्णय साबित भयो ।
फुलकाही टिमका लागि सर्वाधिक रन पप्पु यादवले बनाएका थिए । उनलेे २९ बलमा ८१ रन बनाएका थिए । यस्तै रिषि यादवले ३३ बलमा २७ रन र दिवस यादवले १५ बलमा २३ रनको योगदान गरेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ५ बोदेबरसाईनले ८२ रनमा सबै विकेट गुमाएर टिमका कप्तान अनिल मण्डलले १७ बलमा २३ रनको योगदान दिएका थिए । यस्तै अरमानले ५ बलमा १३ रन र विकी यादवले ८ बलमा १६ रन बनाएका थिए । अन्य ब्याटसमानले टिमका लागि उल्लेखनीय गर्न सकेन ।
फुलकाही टिमका लागि बबलेश सिंहले ३ ओभ ४ बलमा ६ विकेट , पप्पु यादवले ४ ओभरमा २ विकेट लिएका थिए ।
फुलकाही टिमका उत्कृष्ट खेलेका पप्पु यादव ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । उनले २ विकेट लिदैँ ८१ रन टिमका लागि बनाएका थिए ।
श्री राजाजी एघार युवा क्लब मानराजाको आयोजनामा भइरहेको प्रतियोगितामा आदर्श यादव र एहसानुल हकले अम्पायरको भूमिका निर्वाह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया