logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • भगवानपुरबाट सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    भगवानपुरबाट सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    मिर्चैया। सिरहाको भगवानपुर गाउँपालिका-२ बाट सशस्त्र प्रहरीले दुई क्वीण्टल बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ । भगवानपुर गाउँपालिकाका-४ स्थित रहेका प्रस्तावित सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दराज राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले दुई क्वीण्टल १९ किलो प्रतिबन्धित लागूऔषध गाँजा बलान नदी किनारबाट बरामद गरेको हो।

    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले बलान खोला किनारमा नौ वटा प्लाष्टिकको बोरामा प्याक गरेर लुकाएर राखिएको उक्त परिमाणको गाँजा शुक्रबार बिहान करिब साढे ३ बजेतिर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन २४, शुक्रबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP