logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने जोड

    मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने जोड

    चन्दन ठाकुर 
    जनकपुरधाम।
    जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण तथा विकासमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्था संचालित ४५ दिने मिथिला पेन्टिगं तालिम समापनको अवसरमा आयाजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो ।

    उपमेयर साहले मैथिली भाषा तथा संस्कृतिको विकासका लागि मिथिलावासीले जोडदिनुपर्ने उल्लेखगर्दे तालिममा सहभागि प्रशिक्षार्थीहरुले मैथिली पेन्टिगंलाई व्यवसायीक तथा रोजगारमूलक वनाउनुपर्ने आग्रह गर्नुभयो ।

    मैेथिली पेन्टिगंलाई समय सापेक्ष तथा अझ प्रभावकारी वनाउन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार तथा प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो ।

    जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले मिथिलाक्षेत्रको आफनै गरिमा ,इतिहास तथा उच्चमहत्व रहेकोले यसको संरक्षण आवश्यक रहेको छ भन्नुभयो ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले मिथिला पेन्टिगंको तालिमलाई रोजगारमूलक वनाउन तथा समाजिककाममा लाग्न प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो ।

    मिथिला पेन्टिगं तालिम उपभोक्ता समितिका अध्यक्ष सुमित्रादेवी दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षक दिपाकमारीले पनि सो तालिमको उपयोगिता वोल्नुभएको थियो ।

    ४५ दिने सो तालिम २१ नं वडाको करीव रु पाँचलाखको लागतमा वडास्तरीय वजेटवाट संचालन भएको थियो ।
    सो तालिम २०८२ ÷१÷१७ देखि २०८२÷ २ ÷३० सम्म संचालन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP