युद्धको अमानवीय छाया
तोमनाथ उप्रेती
मिथकको छायाले फुसफुसाउँछ—
गाजामा अझै लडखडिन्छ अचिल,
एड़ीमा चोट होइन,
मानवताको हृदयमा चोटले घाइते।
बालबालिकाको हाँसो बन्ला लोरी,
तर धुलो र रगतले डुबे,
तेजपात जस्ता आकाशले पनि आँसु झरे।
काबुलमा अझै काँप्छ अर्जुन,
धनुष तन्केको छैन,
तर भयको तन्तुले मानव मन बाँधेको छ।
महिलाहरूको गर्भ, वृद्धको हिँडडुल,
सबै युद्धको तोपले च्यातिदिएको छ।
बालकहरू बालुवामा घिस्रिँदै,
अमानवीय बाटोमा जीवन खोज्छन्।
खार्किभमा अझै जल्छ हेक्टर,
सडक र गल्लीमा रक्त र धुलोको बादल।
वीरता हराउँछ,
शरणार्थीहरूको आँसुमा हराउँछ।
आकाशमा फैलिएको धुँवाले
बालबालिकाको सपनालाई कालो बनाउँछ।
प्रोमेथियसको आगो फेरि चोरिन्छ,
मानवको लागि होइन,
मानवलाई खाने बम बनाउन।
विश्वका विभिन्न भागका आतंकवादी हिँड्छन्,
नाफामुखी शक्तिको लागि निर्दोषलाई कष्ट दिन।
सैनिकहरूको मन जलेको छ,
आत्मा र समर्पणले दगुर्ने छ।
युद्ध!
तिमी वीरता होइनौ,
तिमी अमानवीय भूत हौ।
लोरीहरू डुबे, घर भत्कियो,
बालबालिका, महिलाहरू र वृद्धहरू
तिम्रो क्रूरता भोगिरहेका छन्।
तर मिथकले फुसफुसाउँछ—
अचिल, अर्जुन, हेक्टरको छाया
यही मानव पीडामा हराउँछ।
प्रोमेथियसको आगो त अझै जलेको छ,
मानवताको लागि होइन,
सिर्फ युद्ध र विनाशको औजार।
शरणार्थीहरूको आँसु, अपाङ्ग बालबालिका,
महिलाहरूको करुणा, सैनिकहरूको द्वन्द्व,
सबै युद्धको कष्टले चम्किएका दर्पणमा झल्किन्छ।
यो विडम्बना केवल मिथक होइन,
यो वास्तविक मानवता हो—
र युद्धले त्यसलाई निरन्तर जलाइरहेको छ।
प्रतिक्रिया