लघुकथाः टुटेका सपना र टाढाको पीडा
तोमनाथ उप्रेती
रतुवा र बक्राहा नदीहरू आज फेरि गर्जिरहेका थिए — हावाको शक्तिमा उनीहरूले आफ्ना आवाजहरू आकाशसम्म पुर्याइरहेका थिए। पानीको बहाव तिव्र थियो, तर त्यो बहावमा एउटा अनौठो शून्यता थियो, जस्तो प्रकृतिले आफ्नो पीडा लुकाइरहेको होस्। आकाशमा घना बादलहरू घुमिरहेका थिए, बिजुली चम्किरहेका थिए, गर्जनले गाउँभरि अनकही कथा सुनाइरहेको थियो।
तर ती गर्जनहरू मात्रै थिएनन्। त्यो गर्जन भित्र एकान्त थियो — शून्यताको गहिरो शून्यता। चराहरू आकाशमा डरका कारण छिटो-छिटो उडिरहेका थिए। जमिन सुख्खा थियो, सुनसान, मानौँ जीवन नै उडेर गएको हो। घामले थोरै पनि छुन सकेको थिएन त्यो भूमिलाई। चिसो हावा हिँडिरहेको थियो, तर त्यो हावा मनको चिसोपन मेट्न सकिरहेको थिएन।
उर्लाबारी–आम्बाडी सडकमा चटक गतिमा दौडिरहेका बसहरू थिए — ती बसहरू मानिसहरूलाई आफ्नो गन्तव्यमा लग्दै थिए। गन्तव्यहरू जहाँ सपना र आशा बाँधिएका थिए। तर एउटा महिला जसको संसार त्यहीँ टुटिरहेको थियो।
सिता।
सिता त्यो गाउँकी एउटा सामान्य महिला, तर मनको कथा सामान्य थिएन। उसको जीवन एक टुटेको पुलझैं थियो, जहाँ दुई किनार बीच दूरी बढ्दै गइरहेको थियो। पाँच वर्ष अघि, उनको श्रीमान सुनिल मलेसियातिर रोजगारीका लागि गएका थिए। घरको आशा बोकेर, सपना बुनेर।
तर त्यो सपना बिस्तारै भत्कियो। विदेशको कठोरता, सुनिलले पठाएका अधुरा पैसाहरूले सितालाई एक्लोपनको गहिराइमा धकेले।
सुनिल मलेसियाको उज्यालो र भयानक दुनियाँमा हराएको थियो। कामको बोझ, तनाव, कहिले घरमा फोन गर्ने साधन पनि नभएको। पाँच वर्षसम्म त्यो टाढाको आवाजले सिता र उसको परिवारलाई बाँधेर राख्यो।
सिता घरमा बसिन्। दिनभर सोच्ने काम थियो, ‘अर्को महिनामा पैसा आउँला? परिवारको भरणपोषण कसरी हुनेछ?’
तर पैसा कहिल्यै पर्याप्त भएन।
सुनिलले पठाउने पैसा कहिले–कहिले आउने, कहिले नआउने। उसले झन् झन् गाह्रो भयो।
सिता भन्छिन्, “मलाई लाग्थ्यो उसले जानु उचित थियो। तर पाँच वर्ष भयो, त्यो दूरीले मेरो मन भत्कायो।”
अहिले गाउँमा उर्लाबारी–आम्बाडी सडक छ। त्यही सडकमा त्यो साँझ गयो। बसहरू तेज गतिमा गुडिरहेका थिए। बिजुली चम्किँदै गर्जन गर्दै थियो।
सिता उर्लाबारीबाट गाउँतिर फर्कंदै थिइन्। तर मनमा भारी थियो। घरमा दुःख, सपनाहरू अधुरो।
उसले जीवनलाई अब सहन सक्दिन भनी सोचिन्।
बातावरण जस्तै मन्द, असामान्य गरी उदास।
रातको अँध्यारोमा, रतुवा र बक्राहा नदीको गर्जन सँगै, सिता आफ्नो जीवनलाई अन्त्य गर्न सडक किनारामा उभिइन्।
त्यस दिन उनको आत्मा चुपचाप आकाशमा उड्यो।
सिता उर्लाबारी–आम्बाडी सडकको छेउमा उभिएकी थिइन्। ती सडकमा बसहरू छिटो छिटो गुडिरहेका थिए, यात्रुहरूको हुटहुटी चलिरहेको थियो। मानिसहरू आफ्ना गन्तव्यमा पुग्न दौडिरहेका थिए, हरेकको मनमा आफ्नै कथा र सपना थियो। तर सिता त्यो भीडबाट अलग थिइन्, उनको मनको संसार एकदमै खाली र उदास थियो।
पाँच वर्षदेखि टाढा रहेको सुनिलको यादले उनको मनलाई निरन्तर घेरिरहन्थ्यो। मलेसियामा काम गर्ने उनको श्रीमानले कहिले राम्रो पैसा पठाउँथे, कहिले केही पठाउँदैनथे। त्यो टाढाको दूरीले घरमा मात्र होइन, सिता भित्र पनि अनगिन्ती प्रश्नहरू र पीडाको आँधी लिएर आएको थियो।
सुनिलको आवाज मोबाइलमा जब आउँथ्यो, त्यो आवाजमा पनि थकित र निराशा झल्किन्थ्यो। “काम धेरै छ, पैसा पठाउन सक्दिन,” उसले भन्थ्यो। तर त्यो बहाना सिता भित्र गहिरो चोट थियो। उसको मनमा डर, अनिश्चितता र एक्लोपन बढ्दै गइरहेको थियो।
सिता बिहानदेखि साँझसम्म खेतमा काम गर्थिन्। घरको दैनिक जीवन र बच्चाहरूको हेरचाह बीच उनी आफूलाई धेरै दबाबमा महशुस गर्थिन्। कहिलेकाहीं टाढाको आकाश हेर्दा उनले सोच्छिन्, “के सुनिलले म र बच्चाहरूलाई अझै सम्झन्छ?”
आज त्यो साँझ विशेष थियो। बादल गाढा थिए र बिजुली चम्किन थाल्यो। रतुवा र बक्राहा नदीहरू गर्जिरहेका थिए। पानीको आवाजले मानौं उनको मनको कराह झैं सुनिन्थ्यो। त्यो प्रकृतिको गर्जनमा एक भिन्न किसिमको वेदना थियो, जसले सिता भित्रका सबै दु:खहरू बोल्न खोजिरहेको थियो।
सडक छेउमा उभिएर सिता आँखा बन्द गरिन्। बिजुलीको चम्कोले उसको अनुहारलाई छोप्यो र फेरि अन्धकारले डाक्यो। मनको भारी झर्ने जस्तो भयो। उसले महसूस गरिन्, अब सहन सक्दिन।
जीवनको त्यो टाढाइ, आर्थिक तंगी र मानसिक थकानले उनलाई निराशाको गहिरो खोलामा पुर्यायो।
सिता एक्लै थिइन्, तर उनको मनमा आवाजहरू गुन्जिन्थे — बच्चाहरूको भविष्य, गाउँका मान्छेको सोच, अनि सुनिलको अन्तिम कुरा।
उर्लाबारी–आम्बाडी सडकमा बसेर बसेका यात्रुले कहिले सोच्थे होला, त्यो भीडमा एक महिला यस्तो पीडामा छ जसले जीवनलाई नै छोड्न लागेकी छ। चटक गतिमा दौडिरहेका बसहरूको हल्लामा उसको अन्तिम सोचहरू मिसिएका थिए — के बालबालिका ठीक छन्? के घरमा खाना छ? के उसले कहिले फर्केर फर्कन्छ?
त्यो साँझ बादल गाढा थिए। बिजुली चम्किरहेको थियो, गर्जनले आकाश च्यापिरहेको थियो। नदीहरू तिव्र बहिरहेको थिए, र त्यो आवाजहरू मानौं सिताको मनको स्वर थिए। जलप्रवाह जस्तो उसले आफ्नो भावनालाई रोक्न सकिन।
आँखा बन्द गरी, ऊ त्यो ठुलो संसारबाट एकछिन भाग्न खोजेकी थिइन्। तर भाग्ने ठाउँ थिएन। घर, परिवार, पीडा — सबै उनको मनमा कठोर पहाड जस्तै भड्किरहेका थिए।
सिता भित्रको हरेक चोट र तड्पनाले अन्ततः उसको हिम्मत चुकायो। जीवनको त्यो अधूरोपन, आर्थिक अभाव, मानसिक थकानले उसलाई जीवनको अन्तिम बाटोमा पुर्यायो।
आकाशबाट पर्न थालिएको सानो वर्षाले त्यो सुख्खा जमिनलाई न्यानोपन दिने सोच बनाए पनि, सिताको मनमा त कुरै फरक थियो। त्यो वर्षाले उसलाई सहारा दिन सक्ने थिएन।
टाढा विदेशमा सुनिललाई खबरले थर्कायो। उसको मनमा अपराधबोध र पीडा झल्कियो। उसले सोचेन कि उसको परिश्रमले यस्तो दुख ल्याउनेछ।
प्रतिक्रिया