logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • हाइकुहरू  

    हाइकुहरू   

    हाइकुहरू

     

            तोमनाथ उप्रेती

    १.

    जनताको आवाज
    पारदर्शी नीति बन्न
    विश्वास फिर्ता।

    २.

    नेतृत्व इमान्दार
    स्वार्थको छाँया टाढा
    देश समृद्ध हुन्छ।

    ३.

    सकारात्मक कर्म
    जनहितको मार्ग खुले
    शान्ति स्थायी।

    ४.

    निर्णय समयमै
    समानता र न्यायको
    ढोका खोलिन्छ।

    ५.

    सत्य र जवाफदेहिता
    नेतामा प्रतिबिम्बित
    लोकतन्त्र चम्किन्छ।

    ६.

    सहभागिता बढ्छ
    महिला, अल्पसंख्यक
    समान अधिकार।

    ७.

    असफलता आउँछ
    धैर्य, निष्ठा, विवेकले
    सहि बाटो देखाउँछ।

    ८.

    संसद र जनता
    विश्वासको पुल बनेर
    सशक्त बनाउँछ।

    ९.

    भ्रष्टाचार हटेपछि
    जनतामा उर्जा बढ्छ
    राष्ट्र बलियो।

    १०.

    नेताले सेवा
    जनताको हृदय जित्छ
    संसार बदलिन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ २१, बुधबार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP