दश हाइकु
तोमनाथ उप्रेती
१.
अहंकार चढ्यो
शिखरमै चिप्लियो
विनाश हाँस्यो
२.
झुक्न नजान्ने
आफ्नै छायाँबाट
एक्लो बन्यो
३.
सफलताको
गलामा अभिमान
डोरी बन्छ
४.
“म” ठूलो हुँदा
सत्य सानो देखिन्छ
आँखा अन्धो
५.
विनम्र मन
मौन भएर पनि
सबै जित्छ
६.
अहंकार बोल्छ
इतिहास मौन बन्छ
मौन भारी
७.
देवता होइन
थोरै उचाइमै
घमण्ड झर्छ
८.
स्वाभिमान दीप
अहंकार आगो हो
सबै जल्छ
९.
चश्मा अहंको
दोष अरूमा देख्छ
आफू चुक्छ
१०.
झुक्ने जान्यो
भाग्य आफैं खुल्यो
शान्ति बस्यो
प्रतिक्रिया