logo
  • २०८२ फाल्गुन २५ | Mon, 09 Mar 2026
  • साइबर संसारको सर्कस

    साइबर संसारको सर्कस

    साइबर संसारको सर्कस

    तोमनाथ उप्रेती

     

    स्क्रीनको सन्तान
    पासवर्डको पर्खालभित्र लुकेका अपराधी
    ह्याकिङ हावा जस्तै
    अनामिक, अन्धकार, आक्रमक
    “लिङ्कमा क्लिक गर” भन्छ।

    फेक आईडी, भूतिया प्रोफाइल
    सोसल मिडियाको माछा–बजार
    झुटो झेल
    मेलमिलाप
    निजी फोटो
    अब्ब्ल्याकमेलको बिक्रि
    साइबर संसारको नयाँ साँझ
    डाटा डुब्छ, डिजिटल नदीमा
    र हामी
    प्रविधिको पागलपनको पार्टी।

    अन्तर्राष्ट्रिय अपराधीको अड्डा
    एक क्लिकमा छिमेकमा
    एक ‘एटीएम’मा
    एक पोस्टमा
    एक ईमेलमा

    अनलाइन ठगी, फिसिङ, र्यानसमवेयर,
    हामी सुन्दै छौँ
    तर कार्यवाही त सुतिरहेको जस्तो

    साइबर संसार,
    सुरक्षित जस्तो देखिने जाल,
    तल
    प्रविधिको पोखरी
    हाम्रो गोप्यता
    ह्याकरको हतियार।
    केही परिवर्तन नआउने
    हाम्रो डिजिटल अनुशासन
    बलियो पासवर्ड, सतर्क क्लिक
    सबैभन्दा ठूलो कवच
    सजगता, विवेक र चेतना
    हामी स्क्रीनमा हाँस्दै छौँ,
    हाम्रो डेटा, हाम्रो सम्मान,
    हाम्रो भविष्य
    साइबर सर्कसमा फसेको बन्दी।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २२, शुक्रबार १९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP